बागलुङको बडिगाडमा निःशुल्क मोतियाबिन्दु सल्यक्रिया

-


     हिडन खबर    
     माघ ३ गते २०८० मा प्रकाशित


बागलुङ /जनतालाई गाउँमै आखा उपचार गर्ने उदेश्यका साथ बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा दुई दिने निःशुल्क आँखा उपचार तथा मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।

बडिगाड गाउँपालिकाको आयोजना, नेपाल नेत्र ज्योती संघ हिमालय आँखा अस्पताल पोखरा तथा धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा ग्वालिचौर स्वास्थ्य चौकीमा सुरु भएको शिविर शुरूवात भएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।

गाउँपालिका अध्यक्ष अधिकारीले पालिका भित्र रहेका नागरिकहरुलाई आँखा सम्बन्धी समस्याको उपचार र निःशुल्क रुपमा मोतियाबिन्दुको अप्रेशन गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको बताए ।

निःशुल्क आँखा शिविरको पहिलो दिन बुधबार २ सय ३३ जनाले सेवा लिएको गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक डिल बहादुर केसीले बताए । जसमध्ये १ सय ११ जनालाई चस्मा वितरण, १ सय १२ जनालाई औषधी वितरण र ३० जनाको शल्यक्रिया गरिएको बताए ।

शिविरमा डा. अनिल अधिकारीको नेतृत्वको टोलीले सेवा दिइरहेको छ । शिविर बिहिबार सम्म संचालन हुनेछ । आँखा शिविरमा बडिगाड गाउँपालिका संगै छिमेकी ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका र गुल्मीको मुसिकोट नगरपालिकाका स्थानीयहरु समेत उपचारकाे लागि पुगेका थिए ।

शिविरको पहिलो दिन उद्घाटन सत्रमा बडिगाड गाउँपालिका उपाध्यक्ष्य भिमसेन वन, बडिगाड गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, वडा न ५ का वडा अध्यक्ष बिष्णु प्रसाद आचार्य, नेपाल नेत्र ज्योती संघ बागलुङ शाखा धवलागिरी आँखा अस्पताल बागलुङका अध्यक्ष बिन्दुसागर राजभण्डारी, अप्थाल्मिक अफिसर गोविन्दराज योगी लगायतको उपस्थिति रहेको थियो ।