समाचार

बागलुङमा पटका आतंकले नागरिक हैरान

देशभर तिहारको रौनक चलिरहेको छ। उज्यालोको पर्व मानिने तिहारमा जताततै झिलिमिलि बत्ती बलिरहेका छन । तर बागलुङमा भने बत्तीको अलावा ठूलो आवाजमा पट्किने पटकाको समेत पटका आतंका बढेको छ । प्रहरीले पटका, आतासवाजी जस्ता विष्पोटका पदार्थको बिक्रीवितरण र प्रयोगमा नियन्त्रण गरेको दाबी गरेपनि ठूलो आवजामा विष्पोट गराईने पटकाले बागलुङका नागरिक आतंकित बनेका छन् ।बागलुङ बजारमा साँझपख मिनेट मिनेटमा ठुलो आवाजमा पटका पट्काइने गरिएको छ । प्रहरीको विट रहेको वरपर नै पटका पट्काईने गरिएको एक स्थानीयले गुनासो गरेका छन । के… पुरा पढौ

नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

सरकारले मुलुकभित्र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने ढंगले टिकटिक बनाउन थालेपछि सरकार प्रतिबन्ध लगाउने निर्णयमा पुगेको सरकारका प्रवक्ता सुचना तथा प्रविधि मन्त्रि रेखा शर्माले बताए । यसअघि भारत, अफगानिस्तान, ताइवान, अष्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, क्यानडा, नेदरल्यान्ड्सलगायत मुलुकले टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । नेपालमा पनि टिकटक मार्फत मनपरि ढंगले राजनीति गालिगलाेज गर्नुका साथै सामाजिक सद्भाव खलबलाउने गतिविधि हुदै आएको थियो । पुरा पढौ

कान्तिपुर सिनेमाजमा ‘मिस स्कार्लेट’ स्ट्रिमीङ्ग

'मिस स्कार्लेट' कान्तिपुर सिनेमाजमा रिलिज गत असोज २९ गते घोषणा गरेर सुरुवात भएको ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजले अहिले विभिन्न फिल्म र सिरिजहरू प्रदर्शन गरिरहेको छ । कान्तिपुर सिनेमाजमा फिल्महरू ज्याकी: आइएम ट्वान्टी वान, जुलेवी, म, चि मुसी ची, खरानी, मदर, ऋतु, नपाली फिक्सन र लभ सुत्र सिनेमाजले वल्र्डवाईड ओटिटी रिलिज गरिरहेको छ ।  यो सँगै आजबाट कान्तिपुर सिनेमाजले आफ्नो निर्माण रहेको ओरिजीनल साइकोलोजिकल फेन्टासी सिरिज मिस स्कार्लेटको स्ट्रिमीङ्ग सुरु गरेको छ ।  गत वर्षको माघबाट वीरगन्ज देखी  छायांकन सुरुवात गरेको… पुरा पढौ

फुटबलमा आदर्श बिद्यामन्दिर लाई सफलता

बागलुङ ,मर्दिखाेला युनाइटेड क्लब पर्वतको आयोजना पैयु गाउँपालीका पर्वतमा भएको फुटबल प्रतियोगितामा बागलुङको आदर्श बिद्यामन्दिर बिद्यालयले एपीएफलाई ३/२ गाेलकाे अन्तरले जितेर प्रथम भएको छ । मर्दिखाेला युनाइटेड क्लब पर्वतको आयोजना भएको फुटबल खेलमा २१ टिम सहभागी भएको थियो ।आदर्श बिद्यामन्दिर बागलुङ एपिएफ संग ३/२ गाेललेबिजयी भइ १ लाख १ हजार १ सय ११ नगद सहित मेडल प्रमाणपत्र ट्रफि बाट सम्मानित भएकाे आदर्श बिद्यामन्दिरका प्रिन्सिपल भुपेन्द्र केसीले बताए । राष्ट्रिय स्तरको खेलमा जिल्लाकाे बिद्यालयकाे नाममा राख्न सफल भएको भन्दै बिद्यालयमा बिद्यार्थीहरूलाइ… पुरा पढौ

बागलुङमा ११५ आ‌ै देवकोटा जयन्ती मनाइयो

बागलुङ ,नेपालकाे पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको आयोजना ११५ आ‌ैं लक्ष्मीप्रसाद देवकोटा जयन्ती प्रतियोगितात्मक कबिता गाेष्ठी गरेर मनाइयो । कबिता गाेष्ठीमा राजेशचन्द्र राजभण्डारी ,बिजय श्याम राजभण्डारी ,काेपिला कडेल ,गाेविन्द सुवेदी ,पुस्पिका सुवेदी ,रामचन्द्र सापकोटा ,चुडामणि आचार्य ,लगायतका साहित्यिक अनुरागीहरूले कबिता बाचन गरेका थिए । कार्यक्रममा पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले महाकबि लक्ष्मी प्रसाद देवकोटाकाे ब्यक्तित्व साहित्यक याेगदान बारे चर्चा गरेका थिए । देवकोटा एकजना साहित्यकार मात्र नभइ राजनीतिक सामाजिक ब्यक्तित्व समेत रहेको नेपाली साहित्य र भाषालाई बिश्व ञञञसमुदायमा चिनाउने… पुरा पढौ

जलजला गाउँपालिकाका स्काभेटर चालक कुटिए

पर्वतको जलजला गाउँपालिकाका स्काभेटर चालक कुटिएका छन् । तिहारको समयमा बाटो सरसफाई गर्न जलजला गाउँपालिका ८ नाग्लीवाङ गएका पालिकाका स्काभेटर चालक नारायण शर्मा माथि कुटपिट भएको हो । सडक सरसफाई गर्न गएका चालक शर्मालाई नाग्लीवाङ ओडारेका ४३ वर्षिय भूपेन्द्र थापाले कुटपिट गरेका हुन् । बिहिबार साझ थापाको कुटाईवाट चालक शर्माको देव्रे हातको कुमको हड्डी भाचिएको छ । आफुले सडक सरसफाई गरेको समयमा एक्कासी मदिरा सेवन गरेर आएका थापाले ढुङगा वर्षाउदै स्केभेर रोकेर आफूलाई कुटपिट गरेको चालक शर्माले बताए । आफूमाथि… पुरा पढौ

बागलुङ बजारका २५ जना जेष्ठ नागरिकलाई व्लाङकेट वितरण

चिसो बढ्न थालेपछि बागलुङ बजारका जेष्ठ नागरिकलाई व्लाङकेट वितरण गरिएको छ। बागलुङ नगरपालिका वडा नम्वर २ को कार्यालयले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका वडा भित्रका २५ जना जेष्ठ नागरिकलाई व्लाङकेट वितरण गरेको हो । वडाको चालु आवमा विनियोजित बजेटबाट जेष्ठ नागरिकलाई न्यानो व्लाङकेट वितरण गरिएको वडा अध्यक्ष सुरज वोसेलले बताउनुभयो ।वडा भित्र रहेका ८० वर्ष नाघेका २५ जना जेष्ठ नागरिकलाई व्लाङकेट वितरण गरेको हो। वडा नम्बर २ का जेष्ठ नागरिकलाई कार्यालयमै बोलाएर व्लाङकेट बाँडेको र केही असक्त भई आउन नसक्ने… पुरा पढौ

चित्राकाे पहिलो गीत सार्वजनिक

फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ । नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ । सन्तोष अधिकारी फिल्मस्को ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको फिल्म ‘चित्रा’को छायांकन सकिएसँगै प्रचारप्रसार स्वरुप यो गीतको अडियोलाई विशेषगरि, सामाजिक सञ्जाल टिकटक र तिहारमा देउसी भैलो कार्यक्रममा नाँच्नका लागि लक्षित गरी तयार पारेर सार्वजनिक गरिएको छ ।… पुरा पढौ

बागलुङमा बृहत् आँखा शिविर

बागलुङ ,हामी सेवा गर्छौ भन्ने भावनाका खाेलिएकाे अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ ढाेरपाटन बागलुङको आयोजनामा ढाेरपाटन नगरपालिका बुर्तिवाङमा ३ दिने बृहत आखा शिविर भब्य रुपमा सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ बागलुङ धाैलागिरि आँखा अस्पताल बागलुङ र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग शिविरमा स्थानिय पालिका तथा संघ सस्थाहरुको सहकार्यमा सम्पन्न भएको थियो । शिविरमा ८८५ जना बिरामिको आँखा जाँच ९७ जना बिरामीको सल्यक्रिया साथै २५०जना बिरामीलाई लाई चस्मा उपलब्ध गराइयको थियो । शिविरको उद्घाटन लायन्स क्लब इन्टरनेशनल… पुरा पढौ

कालीगण्डकीका बिद्यार्थीलाई बिपद् ब्यवस्थापन

बागलुङ ,निजी बिद्यालयमा पढ्ने बिद्यार्थी लाई पढाइका अलवा सामाजिक ब्यवहारिक बनाउने हेतुले कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयमा बिपद् ब्यवस्थापन बिषयक अन्तर्किया सम्पन्न भएको छ । युवा रेडक्रस सर्कलकाे आयोजनामा घर गाउँमा बिपद् पर्दा के कसरी सुरक्षित हुने कसरी मानवीय सहायता गर्ने भन्ने बिषयमा कक्षा ९ मा अध्ययनरत बिद्यार्थी बिच अन्तरक्रिया गरेर अहिले तत्काल आइरहेको भुकम्प प्राकृतिक प्रकाेप लगायतका बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा नेपाल रेडक्रस साेसाइटीका काेषाध्यक्ष जीवननाथ शर्माले बिपद् ब्यवस्थापन बारे अवधारणा प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा एन प्यापसनका… पुरा पढौ