समाचार

मालिका सेवा समाजद्वारा धार्मिक तथा पर्यटकिय क्षेत्र समावेश गरि क्यालेण्डर प्रकाशन

मालिका सेवा समाज बागलुङले मालिकाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु समावेश गरि नयाँ वर्ष २०८० सालको क्यालेण्डर प्रकाशन गरेको छ । बागलुङ नगरपालिका वडा नम्वर ५ मालिकाका विभिन्न पर्यटकिय क्षेत्रहरु, विद्यालय, मठमन्दिरहरु समावेश भएको क्यालेण्डर बिहिबार एक विशेष कार्यक्रम आयोजना गरि विमोचन गरेको छ । पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ मालिकाको भूगोल लगाएतका विषयवस्तु समेटेर समाजले पहिलो पटक क्यालेण्डर प्रकाशन गरेको हो।बागलुङ नगरपालिका वडा नम्वर ५ मालिकाका प्रत्यक घर घरमा पु¥याउने उदेश्यले क्यालेण्डर प्रकाशन गरिएको समाजका अध्यक्ष जिवननाथ शर्माले बताउनु भयो… पुरा पढौ

मेयरको सचिवालयका कर्मचारीले घुस मागेको अडियो सार्वजनिक

 उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले घुस मागेको अडियो सार्वजनिक भएको छ । उनले नगरपालिकामा जागिर लगाइदिन्छु भनेर एक व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको हो । अडियोमा गुड्डुकुमारी मण्डलले आफूसँग अहिले ५० हजार रुपैयाँ रहेको बाँकी पैसा १० दिनभित्र दिने बताउँछिन् । तर राईले पुरै पैसा दिनुपर्ने अडान लिएका छन् । नगरपालिकाले नगरअस्पतालका लागि कम्‍प्युटर अपरेटर, ल्याब असिस्टेन्ट अनमी, अहेबलगायत करारमा नियुक्तिका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा अनमीमा नाम… पुरा पढौ

खुल्ला व्यायामशाला एकहप्ता नबित्दै तोडफोड

बागलुङ जिल्लाको सदरमुकाममा बागलुङ नगरपालिकाको पहलमा स्थापना गरेको खुल्ला व्यायमशाला एक हप्ता नबित्दै तोडफोड भएकाे छ । नगरपालिकाको समन्वयमा विश्वको सबैभन्दा लामो पुल परिसरमा स्थापना गरेको व्यायमशालामा राखिएका सामाग्रीहरु भाँचिएका हुन । सार्वजनिक ठाउँमा नागरिकको पहुँच पुग्ने गरि बागलुङ नगरपालिका-१, बाङ्गेचौरको शहिद पार्कमा विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग र आर्युवेद विभाग तथा बागलुङ नगरपालिकाको समन्वयमा राखिएका व्यायामशालाका सामाग्री भाँचिएका हुन । नागरिकको सुविधाकालागि राखिएका व्यायाम सामाग्री एकहप्ता नबित्दै भाँचिनुले नागरिकहरुमा जिम्मेवारीमा प्रश्न चिन्ह उठेको छ भने निगरानी गर्ने संस्थाको कार्यक्षमता… पुरा पढौ

शैक्षिक क्षेत्रको सुधारका लागि बडिगाड गाउँपालिकामा बृहत शैक्षिक सम्मेलन हुने

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले बृहत शैक्षिक सम्मेलनको आयोजना गर्ने भएको छ । समाज सुधारको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र मानिने शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या एवं चुनौतीहरुको सुधारकालागि बृहत शैक्षिक सम्मेलनको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।शिक्षा क्षेत्रसँग प्रत्यक्ष जोडिएका विषयगत व्याक्तिहरुको उपस्थितिमा विषय विज्ञसँगको सामुहिक छलफलका लागि आगामी बैशाख २ गते शैक्षक सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका शिक्षा अधिकृत पुर्ण घर्तीले बताउनुभयो ।आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम एवं बजेट तयारीको पुर्व सन्ध्यामा शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरुको समिक्षा गर्दै निति निर्माण एवं… पुरा पढौ

सिवाइसी साकोसको १४औं स्थापना दिवस मनाइयो

 बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले १४ औं स्थापना दिवस मनाएको छ । देशभरि सहकारी संघसंस्थामा आर्थिक संकट आइरहेको समयमा बागलुङमा केन्द्रीय कार्यलय सहित ३ जिल्लामा २५ सेवा केन्द्रबाट सेवा दिइरहेको सिवाईसीले सप्ताहव्यापी कार्यक्रम गरी १४ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजित क्षमता विकास र बजारीकरण तालिम तथा नया वर्ष २०८० को शुभकामना सहितको मुख्य समारोहमा बोल्दै सहकारीका सल्लाहकार तथा वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा पौडेलले सिवाइसी सहकारीले सामाजिक दायित्व र सामाजिक भूमिका सहितको उपस्थितिले जिल्लाका… पुरा पढौ

बागलुङको पैयुँपाटामा सामाजिक कुरीति विरुद्धको अभियान सम्वन्धी अन्तरक्रिया सम्पन्न

बागलुङ नगरपालिका वडा नम्वर १३ पैयुँपाटामा सामाजिक कुरीति विरुद्धको अभियान सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र सामाजिक विकास कार्यालय बागलुङको संयुक्त आयोजना तथा वडा कार्यालको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सहभागी सरोकारवालाले समाजमा बालविवाह, लैंगिक हिंसा, छुवाछुत, घरेलु मदिरा उत्पादन तथा सेवन, लागू औषध दुर्व्यशनी, बागलुङ बजारबाट वलेमा चल्ने सवारी साधानले महंगो भाडा लिने तथा क्षमता भन्दा बढी यात्रु बोकेको गुनासो गरेका थिए । कार्यक्रममा सामाजिक कुरीति विरुद्ध सहजीकरण गर्दै बागलुङका सहायक… पुरा पढौ

बिश्वकाे लामो झाेलेङ्गे पुलमा झिलिमिली बिजुली झलमल

बागलुङ नगरपालिका देखि कुश्मा नगरपालिका पाङ अदुवा वारि जाेड्ने बिश्व कै लामो झाेलुङ्गे पुललाई थप आकर्षित गरि पर्यटक भित्र्याउने उदेश्यले रातको समयमा झलमल बिजुली बत्ती बालेपछि पुल थप आकर्षित बन्न पुगेको छ ।रातको समयमा पुल वारपार गर्दा महिला दिदिबहिनी लाइ सुरक्षित समेत बनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बागलुङ र पर्वत जाेड्ने पवित्र नदि कालीगण्डकी माथि बनेको बिश्व कै सबैभन्दा लामो झाेलुङ्गे पुलमा बिजुली बत्ती जडान गरिएपछि पुल झलमल बलेको छ । बागलुङ नगरपालिकाले ,बागलुङ नगरपालिका वडा… पुरा पढौ

बागलुङ बजारमा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढ्यो

बागलुङ नगरपालिका भित्रका सडक कालोपत्रे भत्किएको भन्दै सडक मर्मत संभार गर्न जथाभावी रूपमा सडक खनिएका खाल्डाखुल्डी पारिएपछि दुर्घटनाको जोखिम बढेर गएको छ । कामको जिम्मेवारी लिएको निर्माण कम्पनीले मुख्य बजारको काम गर्ने मजदुर कम खटाइएको कारण काममा ढिलासुस्ती हुन जादा बजार अस्तब्यस्त बनेको छ । बागलुङ नगरपालिकाले बजार एरियाको सडक टालटुल पारि कालोपत्रे गर्न ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएपछि बागलुङ बजार भित्र जताततै सडक खनेर खाल्डाखुल्डी पारिएको छ ।बागलुङ नगरपालिका वडा नम्बर ३ ट्राफिक चोक देखि वडा नम्बर २ हल्लन चोक… पुरा पढौ

३ बर्षदेखि भाडा नतिरेको भन्दै मुक्तिनाथ हस्पिटलमा तालाबन्दी

बागलुङ सदरमुकाममा निजी क्षेत्रबाट संचालित एक अस्पतालले ३ बर्षदेखि घर भाडा नबुझाएको भन्दै घर धनीले तालाबन्दी गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर २ हरिशंकर राेडमा रहेको मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टरले लामाे समयदेखि घर भाडा नतिरेको भन्दै घर धनी गणेश कुमार श्रेष्ठले मंगलबार ताला लगाएका हुन् । बागलुङ नगरपालिका न्यायिक समितिमा मुद्दा दिएको ३ बर्ष देखि घर भाडा माग्दै गर्दा पनि अहिलेसम्म भाडा नतिरेपछि बाध्य भएर ताला लगाउनु परेको श्रेष्ठले बताए । हस्पिटलका शेयर हाेल्डर एकजनाले अर्को लाई देखाउने… पुरा पढौ

बागलुङमा विद्युतीय राहदानी आवेदन बिहान १० बजेबाटै

जिल्ला प्रशासन कार्यलय बागलुङले विद्युतिय राहदानी आवेदनका लागि अप्वाईन्टमेन्ट डेट को बुकिङ विहान १० बजेबाटनै खुल्ला गर्न थालेको छ । यस अघि प्रशासनले आफ्नो अनुकूलतामा दिउँसो १ बजेबाट राहदानीको लागि फारम खुलाउदा सेवाग्राही थप समस्यामा परेको भन्दै बिहानमानै खुल्ला गर्न थालेको हो । हालै बागलुङमा सरुवा भएका आएका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालकोे सक्रियातामा गत आइतबारबाट हरेक दिन विहान १० वजे राहदानीको लागि फारम खोल्ने व्यवस्था मिलाइएको छ । दिउँसोमा खुलाउदा सेवाग्राही थप समस्यामा परेको देखेर सार्वजनिक बिदाको दिन… पुरा पढौ