पन्चकाेटमा महायज्ञ सफल पार्न निमन्त्रणा यात्रा

-


     हिडन खबर    
     फागुन ४ गते २०८० मा प्रकाशित


बागलुङ /स्वामी ऋषि प्रपन्नाचार्यको संयोजकत्त्वमा आज सम्पन्न “निमन्त्रणा यात्रा” भब्य अनी सब्य रूपमा सम्पन्न भएको छ । श्रद्धालु महानुभावहरुप्रति हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दै फागुन ९ गतेदेखि 23 गतेसम्म पन्चकोटमा आयोजित “अनन्तश्री ब्रम्हान्डीय महायज्ञ २०८०” लाई उत्साहजनक रुपमा सम्पन्न गर्नको लागी निमन्त्रण सहित नगर परिक्रमा गरियो ।

आजको यस पुण्ययात्राको संयोजन समाजसेवी तथा ब्यवसायी सहदेव राजभण्डारीले पानी तथा फ़्रूटीको ब्यवस्था समेत गर्नु भयको थियो । यस यात्रा अवधिभर कालिका भजन कीर्तन समूहले अटूट रूपमा हरेनाम संकीर्तन, इस्कोन बागलुङ हरेराम भजन, जिल्ला भजन समिति बागलुङ आफ्नो सिस्टम सेट सहित भजन प्रस्तुति तथा विभिन्न संघ- संस्थाहरूले भजन कीर्तन सहित आफ्नो मौलिकता प्रस्तुत गरेकाे थियो । विभिन्न संघसंस्था तथा टोलबिकास संस्था र मातृसक्तिहरुको समेत राम्रो सहभागीता रहेको थियो ।