माइतीघर मण्डलामा टाँगिएको ब्यानर जलाउने प्रयास

-


     हिडन खबर    
     फागुन ४ गते २०८० मा प्रकाशित


काठमाडौं / राजधानीको मुटु काठमाडौ माइतीघर मण्डलामा टाँगिएको ‘निषेधित क्षेत्र’को ब्यानर प्रदर्शनकारीहरुले मिल्काइदिएका छन् । 

रत्नपार्कस्थित शान्तिवाटिकामा धर्ना बस्दै आएका प्रदर्शनकारी प्रेम साहकाे समूहले आज अपरान्ह ब्यानर निकालेर जलाउन खोजेको प्रहरीले बताएको छ । निषेधित क्षेत्रमा पसेर ब्यानर जलाउन खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गत पुस ४ गतेदेखि राष्ट्रपति कार्यालय शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबार, उपराष्ट्रपति कार्यालय वरपर र माइतीघरदेखि बानेश्वर चोकसम्मको क्षेत्रमा कुनै पनि प्रकारको आन्दोलनका कार्यक्रम तथा विरोध प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको छ । 

माइतीघर क्षेत्रमा लगाइएको निषेधाज्ञाको विरोधमा विभिन्न व्यक्ति र समूहहरुले लगातार प्रदर्शन गर्दै आएका छन् । निषेधाज्ञा खोल्न माग गर्दै विभिन्न राजनीति पार्टी सामाजिक संघसंस्थाले बिराेध गर्दै आएको छन् ।