
बागलुङ / यु–१९ राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारीको प्रोत्साहन, हौशला र सफलताको कामना गर्दै दक्षिण कोरियामा रहेका खेलप्रेमी नेपाली युवाहरुद्धारा संकलन गरि पठाइएको रकम आज एक औपचारीक कार्यक्रमका विच हस्तान्तरण गरियो ।
काठेखोलाा गाउँपालिकाका अध्यक्ष राजु थापाले खेलाडी सुवास भण्डारी लाई हस्तान्तरण गरिएको हाे । विदेशी भुमीमा रहेर पनि नेपालको खेलकुद विकासमा निकै चासो राख्नुहुने युवा व्यक्तित्व डम्मर के.सी.ले त्यहाँ संकलन भएको रकम रु.५३ हजार ७ सय ५ रुपैयाँ काठेखोला गाउँपालिका अध्यक्ष थापालाई हस्तान्तरण गर्नुभएको थियोे ।
एक विशेष औपचारीक समारोहका विच प्रदान गरिएको उक्रिकेट खेलाडी भण्डारीलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
फाल्गुन ३ गते काठेखोला गाउँपलिकाको सभाहलमा सम्पन्न सहयोग रकम हस्तान्तरण कार्यक्रम कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम वि.क.को अध्यक्षता, सदस्य डिल कार्कीको स्वागत मन्तव्य र सदस्य सचिव एवम काठेखोला गाउँपालिकाका प्रशासन शाखा प्रमुख मनोज कार्कीको सञ्चालनमा सञ्चालन सम्पन्न भएको थियो ।
कला, संस्कृति तथा खेलकुद विकास समितिका सम्पुर्ण पदाधिकारी एवम सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, सहयोग संकलन अभियानका अगुवाइकर्ता श्री डम्मर के.सी. र यु–१९ राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारीले मन्तव्य दिनुभएको थियो ।













