समाचार

शिक्षक आन्दोलनका कारण बानेश्वर ठप्प

राजेशचन्द्र राजभण्डारीकाठमाडौँ / शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ।  विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।  नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएर दाेस्राे दिनपनि राजधानी केन्द्रीत आन्दोलन जारी राखेका छन् ।माइतीघर मण्डलादेखि नयाँ बानेश्वर निषेधित क्षेत्र सम्म पुगेर आन्दोलन गरिरहेका छन् । आन्दोलनमा शिक्षकले उठाएको माग पूरा नभएसम्मराजधानीमा केन्द्रीत आन्दोलन जारी रहने त्यसको तयारी गरेर हजारौं शिक्षक… पुरा पढौ

संविधान दिवसका दिन दिप प्रज्वलन

काठमाडौ नवौं संविधान दिवसको दिन काठमाडौंमा दिप प्रज्वलन गरिएको छ । संविधान दिवस लाई भब्य रूपमा मनाउने कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ चेकपोस्ट प्रांगणमा बुधबार साँझ दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।  कार्यक्रमलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ,वडा सदस्य राजनीति पार्टीका प्रतिनिधिसमाजसेवी स्थानीय बासि लगायतका ब्यक्तिहरूउपस्थित भएर काठमाडौकाे मुख्य नाका चन्द्रागिरि७ प्रहरी चेकपोस्ट अगाडि नेपालका रङ्गिन नक्सा भित्रम‌ैन बत्ती बालेर नवाै संविधान दिवस मनाएका थिए । सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्ने… पुरा पढौ

बागलुङ समाज बेल्जियमद्वारा कुँडुलेका आचार्यको उपचारमा सहयोग

बागलुङ समाज बेल्जियमले बागलुङ  नगरपालिका ४ कुँडुलेका रमेश आचार्यको उपचारको लागि आर्थिक सहयोग गरेको छ । समाजले कलेजोमा समस्या भएपछि उपचाररत आचार्यको सहयोगको लागि शंकलन गरेको १ लाख ३४ हजार सहयोग गरेको हो ।बागलुङ समाज बेल्जियमका सहकोषाध्यक्ष वावुराम सापकोटाको संयोजकत्वमा बेल्जियममा सहयोग शंकलन अभियान संचालन गरि अध्यक्ष महेन्द्र पन्त मार्फत अन्तर्राष्ट्रिय बागलुङ समाजका पूर्व कोषाध्यक्ष वालकृष्ण सापकोटालाई पठाईएको थियो । सो रकम बागलुङ नगरपालिका ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, नेपाल रेडक्रश सोसाइटी बागलुङका सभापती जगन्नाथ आचार्य, अन्तर्राष्ट्रिय बागलुङ… पुरा पढौ

मंगल चाैथीका दिन गणेश भगवानकाे रथ यात्रा

राजेशचन्द्र राजभण्डारी काठमाडौ मगंल चाैथीका दिन हिन्दु धर्म संस्कृति अनुसार भगवान गणेशकाे रथ यात्रा भब्य रूपमा निकालियाे ।सिद्वि बिनायक श्री गणेश मन्दिर संरक्षण समिति अन्तर्गत गणेश गुठी साउनेमुल १५ ललितपुर सातदोबाटोकाे आयोजना यश क्षेत्रमा पहिलोपटक गणेश चाैथी ठूलो तामझामका साथ मनाइएको हाे । कुनै पनि कार्य गर्दा बिध्न बाँधा उत्पन्न नहाेस भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशकाे आराधाना र स्मरण गर्ने गरेकोमा यसपटक भने भब्य रूपमा गणेश चाैथी मनाएको गणेश गुठीका संरक्षक पुरूषाेत्तम कार्कीले बताए ।ठूलो… पुरा पढौ

तीजमा शिव मन्दिरमा पुजा गर्नेकाे घुइँचो

काठमाड‌‌ाै नेपाली हिन्दू महिलाद्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज साेमबार  देवाधिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ। नेपालकाे दाेस्राे पशुपतिनाथ भनेर परिचित काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको चन्दन भराटेश्वर महादेव मन्दिरमा बिहानैदेखि व्रत बसि पुजा गर्ने महिला दिदीबहिनीहरूकाे घुइँचो लागेको छ । हिन्दू धर्मशास्त्रअनुसार प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ। मन्दिरमा आउने भक्तजनलाई सहजरूपमा पुजा गर्ने वातावरण मन्दिर ब्यवस्थापन… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३८ दिनदेखि आन्दोलन, स्वास्थ्य मन्त्री माेहन बहादुर बस्नेतद्वारा माग पुरा गर्ने प्रतिबद्धता ?

राजेशचन्द्र राजभण्डारीकाठमाडौ  सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३८ दिनदेखि  आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ५ सातादेखि काठमाडौं माइतीघर मण्डलामा भइरहेको आन्दोलनमा स्वास्थ मन्त्री तथा चिकित्सा शिक्षा आयोगका सह अध्यक्ष माेहन बहादुर बस्नेतले आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै अहिले उठाइरहेकाे माग पूरा गर्न हुदा आन्दोलन स्थगित गर्न अनुरोध गरेका छन् । स्वास्थ्य मन्त्री एवम् चिकित्सा शिक्षा आयोगका सह अध्यक्ष बस्नेत… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३६ दिनदेखि आन्दोलनमा

राजेशचन्द्र राजभण्डारीकाठमाडौ सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐन विभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३६ दिनदेखि  आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ५ सातादेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ। ५ सातादेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना र आन्दोलन गर्दासमेत सरकारले कुनै सुनुवाइ नगरेको हुदा देशभरका प्राविधिक तथा मेडिकल शिक्षा बन्द गरि सातै प्रदेशमा रिले अनशन र सत्याग्रहका कार्यक्रम गर्ने तयारीमा रहेको चिकित्सा शिक्षा सराेकार… पुरा पढौ

चन्द्रागिरिमा निशुल्क आँखा शिविर

राजेशचन्द्र राजभण्डारीकाठमाडौआधुनिक प्रविधिकाे सामाग्री अत्याधिक प्रयोग संगैआँखामा समस्या देखिन थालेपछि स्थानीय तहलेजनताको स्वास्थ्यलाई ख्याल गरि आँखा शिविर गरेर आँखाको जाँच गराउन थालेको छ । चन्द्रागिरि नगरपालिका ६ महादेवस्थान स्वास्थ चाैकी अरनिको समाज र किर्तिपुर अष्टिकल तथा आँखा क्लिनिक प्रालिको प्राविधिक सहयोगमा निशुल्क माेतिया बिन्दु उपचार सहितको एक दिने आँखा शिविर सम्पन्न भएको छ । चन्दन भराटेश्वर मन्दिर परिसरमा भएको शिविरमाजेष्ठ नागरिक महिला दिदीबहिनी बिद्यार्थी बालबालिका लगायत ब्यक्तिहरूले आफ्नो आँखा जाँच गराएर शिविरबाट लाभ लिएको चन्द्रागरि नगरपालिका वडा नम्बर ६ का… पुरा पढौ

समाजसेवी पुष्पमानकाे अन्त्येष्टि

काठमाडौं । समाजसेवी उद्योगी पुष्पमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।​ सोल्टीमोडस्थित निवासबाट शवयात्रा गरी शनिवार दिउँसो पशुपति आर्यघाट अन्त्येष्टि गरिएको हो । श्रेष्ठलाई उनका दुई छोरा सुनिल श्रेष्ठ र अनुप श्रेष्ठले दागबत्ती दिएका छन् । श्रेष्ठको हिन्दु विधिअनुसार अन्त्येष्टि गरिएको हो। अन्तिम श्रद्धाञ्जली दिन उद्योगी, व्यवसायी, शिक्षासेवी, समाजसेवी र राजनीतिक दलका नेताहरू पशुपति आर्यघाट पुगेका थिए । ​​ आर्यघाटमा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षा मन्त्री दिनानाथ शर्मा, बागलुङका सांसद एवम् राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी ,नेकपा… पुरा पढौ

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३५ दिनदेखि आन्दोलन तीजको गीतमा छमछमि नाचेर दर खाए

राजेशचन्द्र राजभण्डारीसरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनविभेदकारी भएको भन्दै संशोधनकाे माग गर्दैचिकित्सा शिक्षा सराेकार संर्घष समितिले ३५ दिनदेखि  आन्दोलन जारी राखेका छन् । देशमा भएका मेडिकल शिक्षालय संचालन हुन नसक्दा स्वास्थ क्षेत्र अस्तब्यस्त भएको भन्दै ५ सातादेखि काठमाडौं माइतीघर मण्डलामा आन्दोलनमा जारी रहेको छ। संघर्ष समितिले आन्दोलन ३५ दिन पुगेको अवसरमामाइतीघर मण्डदलामा नेपाली हिन्दु नारीहरूकाे महान चाड तीज कार्यक्रम दर खाने कार्यक्रम गरेर मनाएको संघर्ष समितिका पशुपति मर्हठ्ठाले बताए । ५ सातादेखि माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना र आन्दोलन गर्दासमेत सरकारले… पुरा पढौ