मालिका पुर्व बिद्यार्थी मन्चकाे तेस्रो साधारणसभा सम्पन्न

-


     हिडन खबर    
     चैत्र २ गते २०८० मा प्रकाशित


बागलुङ / मालिका पुर्ब विद्यार्थी मञ्च बागलुङको तेस्रो बार्षिक साधारण सभा एक कार्यक्रम बिच बागलुङ नगरपालिका ५ मालिकामा सम्पन्न भएको छ ।

सोहिअबसरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बागलुङ शाखाबाट विद्यार्थीका लागि झोला साथै BYC बागलुङ बाट सरसफाइ सामाग्री सहयोग स्वरूप प्राप्त साे सामाग्री मालिका आधारभुत विद्यालयमा बितरण गरिएकाे थियो ।आजै गरियको चित्रकला प्रतियोगितामा सहभागीभै बिद्यार्थी पुरस्कृत भएका थिए ।

साधारणसभामा बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा रेग्मी , नेपाल रेडक्रस साेसाइटीका उपसभापति राजेन्द्र आचार्य ,मालिका माध्यमिक बिद्यालयका प्रधानाध्यापक बालकृष्ण सापकोटा ,साल्ट ट्रेडिङ लिमिटेडका प्रमुख मनाेज श्रेष्ठ ,सल्लाहकार चन्द्र प्रसाद सापकोटा ,नव मालिका युवा क्लबका सहसचिव सन्ताेष बाेहाेरा लगायतका बक्ताहरूले
सामाजिक सेवाको क्षेत्रमा पुर्व बिद्यार्थी मन्चले छाेटाे समयमा सकारात्मक काम गरेको भन्दै प्रसंसा गरेका थिए ।

साधारणसभामा महासचिव रेग्मीले प्रगति प्रतिवेदन काेषाध्यक्ष बलराम सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।चित्रकला प्रतियोगितामा श्रीकृष्ण आधारभूत विद्यालय कि आयुष्मा रिजाल प्रथम, मालिका मा बि कि रक्षा कडेल दोस्रो र मालिका आधारभुत विद्यालयकी दिब्यानी किसान लेस्रो भएका थिए

मालिका पूर्व विद्यार्थी मन्चका अध्यक्ष जीवननाथ शर्माको
अध्यक्षतामा भएको साधारणसभामा स्वागतपुर्व बिद्यार्थी मन्चका सदस्य सृष्टि आचार्य र पुर्व विद्यार्थी मन्चकाका महा सचिव आनन्द प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।