कालीका भगवती गुठीको फागुन महिनाको हिसाब सार्वजनिक

-


     हिडन खबर    
     चैत्र २ गते २०८० मा प्रकाशित


बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गरेको छ ।

कालिका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले हरेक हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत फागुन महिनामा भएको एक महिनाको आम्दानी खर्चको हिसाब सार्वजनिक गरेको हाे ।

कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको शुक्रबारको बैठकमा फागुन महिनामा ३५ लाख ११ हजार ५ सय ३५ रूपैयाँ आम्दानी र खर्च तर्फ २७ लाख ३६ हजार ८ सय ९० रूपैयाँ भइ ७ लाख ७४ हजार ६ सय ४५ रूपैयाँ बचत भएको हिसाब अनुमाेदन गरेको छ ।

फागुन महिनामा कालीका मन्दिर बाट भेटि बापत १९ लाख ८१ हजार १ सय रूपैयाँ चामल बिक्री बाट ५४ हजार ९ सय रूपैयाँ ,बाेका बाट १ लाख ३०हजार ६ सय रूपैयाँ , कुखुरा बाट ७ हजार २ सय ,राँगा बाट २ हजार ,भाडा ३ लाख १४ हजार ४ सय ,विवाह बाट १० हजार ५ सय आर्थिक सहयोग ३ लाख ४२ हजार ४ सय ८५ रूपैयाँ परेवा बिक्री बाट ६ लाख ५५ हजार २ सय ५० रूपैयाँ ब्रतबन्ध ९ सय रूपैयाँ पण्डित १२ हजार २ सय रूपैयाँ आम्दानी भएको काेषाध्यक्ष रामबहादुर खड्काले बताए ।

यस्तै खर्च तर्फ स्टेशनरी ४ सय ,तलब ३ लाख ९७ हजार ८ सय रूपैयाँ बिधुत ५२ हजार ८ सय ,अतिथि सत्कार ६७ हजार आर्थिक सहयोग १५ हजार ,पुर्वाधार विकास तथा निर्माण २१ लाख ६ हजार ,पाेशाक छपाई २१ हजार खाध्यान्न तथा आवास ५४ हजार ,विज्ञापन ३ हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा १६ हजार ९ सय रूपैयाँ खर्च भएको काेषाध्यक्ष खड्काले बताए ।

कालीका गुठी ब्यवस्थापन समिति बागलुङले हरेक बर्ष चैत्राष्टमी पर्वकाे अवसरमा ऐतिहासिक चैते दशै मेला आयोजना गर्दै आएकोमा यसपटक यहीँ चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म मेला भब्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी गरिरहेकाे कालीका भगवती गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।

कालीका कप राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता ,खुला लाेक दाेहाेरी गीत ,ठेलाे प्रतियोगिता ,बिद्यालय स्तरीय नृत्य प्रतियोगिता ,रमाइलो मेला ,रथ यात्रा ,डाैड प्रतियोगिता ,
स्थानीय तथा राष्ट्रिय कलाकारकाे प्रस्तुति लगायतका कार्यक्रम रहेको प्रेस सल्लाहकार राजभण्डारीले बताए ।