समाचार

मंसिर ९ गते किर्तिपुरमा बृहत् सरसफाइ हुने

काठमाडौ ,नेवा:लहना बिश्व सरसफाइ अभियानले मंसिर ९ गते शनिबार किर्तिपुर काठमाडौंमा बृहत् सरसफाइ अभियान गर्ने भएको छ । मानव फाेहाेर रहित मानव फाेहाेर ब्यवस्थित गराै भन्ने भावनाका साथ आफ्नो घर टाेल शहरमा आफुले फाेहाेर नगराै भन्दै शनिबार बिहान किर्तिपुरबासीहरू हातमा सरसफाइ गर्ने आ‌ैजार सहित उपस्थित हुने कार्यक्रम रहेको नेवाःलहना बिश्व सरसफाइ अभियानका अभियन्ता राजमान मानवले बताए । बृहत् सरसफाइ अभियानमा स्थानीय टाेलबासी किर्तिपुर नगरपालिका लायन्स क्लब ,स्थानीय बालक्लब सामुदायिक बिद्यालयका बिद्यार्थी समाजसेवी जेष्ठ नागरिक लगायतका ५ सय जना भन्दा बढीकाे… पुरा पढौ

कालीका गुठी ब्यवस्थापन समितिकाे कार्तिक महिनाको हिसाब सार्वजनिक

बागलुङ मंसिर ७ कालीका भगवती गुठी ब्यवस्थापन समितिले आफ्नो हिसाबकिताब सार्वजनिक गरेको छ ।गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बुधबार भएको बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको हाे । २०८० कार्तिक महिनामा कर्मचारी तलबमा ५ लाख ४० हजार १ सय ८४ ,बिधुत महसुस २४ हजार ६ सय ५० टेलिफोन इन्टरनेटमा १५ हजार अतिथि सत्कारमा १ लाख ६५ हजार उपहार ६७ हजार ,आर्थिक सहयोग १ लाख , पुर्वाधार विकास निर्माण ७ लाख३६ हजार ५ सय… पुरा पढौ

बागलुङ नगरपालिका धार्मिक पर्यटकीय केन्द्रकाे हव बन्दै

बागलुङ नगरपालिका भित्र बनेका धार्मिक संरचनाहरूमा आन्तरिक तथा बाह्य पर्यटककाे आकर्षण बढ्दै जान थालेपछि यसलाई धार्मिक पर्यटकीय केन्द्रकाे हव बनाउने योजनामा सराेकारवाल लाग्न थालेका छन् । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा रहेका धार्मिक पर्यटकीय केन्द्रका कारण पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । बागलुङ नगरपालिका भित्र नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ,बिश्व कै सबैभन्दा लामो झाेलुङ्गेपुल ,शालग्राम संग्रहालय ,र सर्वसिद्विधाम पन्चकाेटमा दिनहुँ सयौंकाे संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रीन थालेपछि यहीँ ४ वटा पर्यटकीय केन्द्रलाई लक्षित… पुरा पढौ

लाखे’ निर्देशकले घोषणा गरे ‘कंगारु’, सस्पेन्स–थ्रीलर कथामा निर्माण हुने

फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारु’ राखिएको छ । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो । फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको… पुरा पढौ

बेपत्ता भएका देवकुमार नेपाली फेस बुकमा

हजारौं बचत कर्ताहरूकाे करोडौं रकम अवचलन गरेर फरार भएका बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि समाजिक संञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन् । सहकारीका अध्यक्ष नेपालीले आफ्नो फेसबुकमार्फत बचत कर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्न बाध्य भएको बताएका छन् । शेयर सदस्यले नै इमेज सहकारी ब्यूँताउदै भन्ने समाचार भेला गरेपछि नेपाली फेसबुक लाईभ मार्फत सम्पर्कमा आएका हुन् । उनले आफ्नो घरमा केही मानिसहरु… पुरा पढौ

साउथ एसियन इन्टरनेशनल पुस्तक मेला शुरू

काठमाडौ / भृकुटीमण्डपमा साउथ एसियन इन्टरनेसनल २०२३ पुस्तक मेला सुरु भएको छ । छिमेकी रास्ट्र भारत र चीन लगायत अन्य देशको उपस्थितीमा आज बाट तीन दिनको लागि पुस्तक मेला सुरु भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अथिती प्रधानमन्त्री पुस्पकमल दाहाल " प्रचण्ड " ले पानसमा दियो बालेर गर्नु भएको थियो भने पुस्तक मेलाको बिषयमा पनि आफ्नो केही भनाइ समेत राख्नु भएको थियो । चीन ,भारत तथा अन्य मुलुकका पाहुनाहरुको पनि पुस्तक मेलामा उपस्थिति रहेको थियो । विभिन्न भाषामा अत्यन्तै जीवन… पुरा पढौ

बागलुङमा एकजना बृद्व मृत फेला

बागलुङ जिल्ला काँठखाेला गाउँपालीका ५ का ७० बर्षिय रणबहादुर केसी साेमबार विहान मृत अवस्थामा फेला परेका छन् । घर देखि झण्डै १ किलोमिटर पर रहेको आफन्त हाेटलमाआइतबार साँझ मादक पदार्थ सेवन गरि आगाे तापि काेठामा गएकोमा साेमबार विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले बताए । घटनाको जानकारी भए लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिलबहादुर कार्कीको नेतृत्वमा ५ जनाको टाेली आवश्यक अनुसन्धान गर्न घटनास्थल तर्फ गएको केसीले बताए । पुरा पढौ

बागलुङको पन्चकाेटमा १३५ फिट अग्लो बिश्व शान्ति गण्डकी कलश निर्माण शुरू भए संगै पर्यटकको चहलपहल

बागलुङ ,धार्मिक तथा आन्तरिक पर्यटक भित्र्याउने उदेश्यका साथ बागलुङ नगरपालिका वडा नम्बर ६ मा १३५ फिट अग्लोञ बिश्व शान्ति गण्डकी कलश निर्माणकार्य शुरू भएपछि पन्चकाेटमा आन्तरिक पर्यटककाे चहलपहल ह्वात्तै बढेर गएको छ / गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा १३५ फिट अग्लो विश्व शान्ति गण्डकी कलशको काम तीव्र रुपमा अघि  बढाइएको छ । बिश्वका धार्मिक तथा अन्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बागलुङ नगरपालिका–६ पञ्चकोटमा कलश बनाउन शुरू भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढेर गएको छ । स्वामी कमलनयनाचार्यको अगुवाइमा स्थापित भएको पन्चकाेट नेपालमा मात्र नभइकन बिश्व… पुरा पढौ

५ बर्ष बित्दा पनि हस्तान्तरण भएनजिल्ला प्रशासन कार्यालय बागलुङकाे भवन

बागलुङ ठेकेदार कम्पनी र सरकार बिच समन्वय हुन नसक्दा जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासनीक भवन ५ बर्ष बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन ।कामको जिम्मेवारी लिएको निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्द‌ै भजन जिर्ण बन्दै गइरहेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासनीक भवन निर्माण सम्पन्न भए ५ बर्ष बितिसक्दा समेत हस्तान्तरण नहुदै जिर्ण बन्दै जान थालेको छ ।गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङका जनतालाई सहजरूपमा प्रशासनीक सेवा दिने उदेश्यका साथ निर्माण भएको भवनठेकेदार कम्पनी र सरकार बिच समन्वय हुन… पुरा पढौ

बागलुङमा नेपाल सम्वत ११४४ मनाइयो

बागलुङ नेपालीहरूकाे माैलिक सम्वत् ११४४ बागलुङ सदरमुकाममा धुमधामका साथ मनाइयो । न्हूदँ भिन्तुना आयोजक समिति बागलुङको आयोजनामा भएको नेपाल सम्वत् नेवारी धिमि बाजा बिभिन्न सांस्कृतिक झाकी नेपाल सम्बत् का प्रर्वदक शंखधर साख्वाकाे तस्बिर सहित नगर परिक्रमा गरेर लाेकतान्त्रिक चाेकमा मुख्य भिन्तुना समारोह गरिएको थियो । नेपाल सम्वत् ११४४ मुख्य कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठ नेपाल भाषा मंका:खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतका बक्ताहरूले नेपाल सम्वत् नेपालीहरूकाे आफ्नै माैलिक सम्वत् भएर पनि यसलाई हामीले ब्यवहारमा उतार्न राष्ट्रिय सम्बत् काे रूपमा… पुरा पढौ