
काठमाडौ /नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल प्रेस युनियन बिच नेपाल पत्रकार महासंघको महाधिवेशन भएको ३ दिनपछि सदस्यता टुंगो लगाउने लिखित सहमति सहमति भएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पाेखरेल र नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल बिच आज लिखित रूपमा ३ बुुँदे सहमति भएको हाे ।
नेपाल पत्रकार महासंघ समक्ष युनियन राखेको मागहरू बारे
निरन्तर भएको संवाद पश्चात लिखित सहमति भएको नेपाल प्रेस युनियनका महासचिव दिलीप पाैडेलले बताउनुभयाे ।
नेपाल पत्रकार महासंघ सुर्खेतमा भएको साधारणसभाकाे मर्म अनुसार सदस्यता शुद्धीकरण अभियान लाइ तार्किक निष्कर्षमा पुर्याउने ,नेपाल पत्रकार महासंघको विधानकाे प्रचलित ब्यवस्थाअनुसार नियमित अधिवेशनकाे प्रक्रिया अगाडि बढाउने ।महासंघको बिधानमा देखिएको कतिपय
अव्यहारिक प्रावधानहरू महाधिवेशन मार्फत संशोधन गर्न महासंघले पहल गर्ने ।
नेपाल पत्रकार महासंघको महाधिवेशन सम्पन्न भएको मितिले ३ दिनभित्र सदस्यता नामावली टुंगो लगाइ सार्वजनिक गर्ने ।सदस्यता टुंगो नलाग्दा सम्म निर्वाचनका कुनै पनि तालिका सार्वजनिक नगर्ने भनि लिखित सहमति भएपछि प्रेस युनियनका आन्दोलन अहिले लाइ स्थगित भएको छ ।










