समाचार

व्यक्तिगत सम्पत्ती बेचेर भएपनि बचतकर्ताको पैसा फिर्ता गर्छु : देव कुमार नेपाली

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष देवकुमार नेपालीलले आफ्नो सम्पत्ति बेचेर भएपनि बचत कर्ताको पैसा फिर्ता गर्ने बताएका छन् । सहकारीमा तरलता अभावको कारण देखाउँदै कारोवार रोक्का गरेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बागलुङ स्थित कार्यालय बचतकर्ताले घेराउ गरेपछि संस्थापक अध्यक्ष नेपालीले एक प्रतिवद्धता पत्र प्रकाशित गर्दै बचतकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेका हुन् । सहकारीका कार्यबहाक अध्यक्षको नाममा हस्ताक्षरित सूचनामा बैसाख ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता… पुरा पढौ

इमेज सहकारी अनिश्चितकालका लागि बन्द

बागलुङ बागलुङ बजारमा संचालित इमेज बचत तथा ऋण सहकारीले तरलता अभाव भएको भन्दै कारोबार बन्द गरेपछि बचतकर्ताको भिड लागेको छ । बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको सहकारीले एकाएक कारोबार बन्द गरेको सूचना निकालेपछि बचत डुब्ने डरले बिहिबार बचतकर्ताहरूको सहकारीको कार्यालयमा भिड लागेको हो । सहकारीका कार्यबहाक अध्यक्षको नाममा हस्ताक्षरित सूचनामा बैसाख ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता अभाव भएको भन्दै अर्को सूचना नआएसम्मको लागि कारोवार बन्द गरिएको सहकारीले सूचना… पुरा पढौ

कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका शर्मा तारेखमा रिहा

कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका बागलुङ नगर खानेपानि तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्मा रिहा भएका छन् । मदिरा सेवन गरि कर्मचारी दुव्र्यवहार गरेका शर्मालाई जिल्ला प्रहरी कार्यलयको टोलीले आईतबार साँझ पक्राउ गरेको थियो ।अबका दिनमा गल्ती नदोहोर्याउने कागज गराई तारेखमा सोमबार साँझ रिहा गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मदिरा सेवन गरि बागलुङ नगरपालिका ३ सुल्डाँडा स्थित पानी प्रसोधन केन्द्रका चौकिदार र उनको परिवारका साथै अन्य कर्मचारि माथि गालिगलौज तथा अभद्र व्यावहार गरेको भन्दै कर्मचारीले… पुरा पढौ

बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रवन्धक पक्राउ

बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रवन्धक पक्राउ परेका छन् । आईतबार साँझ मदिरा सेवन गरि बागलुङ नगरपालिका ३ सुल्डाँडा स्थित पानी प्रसोधन केन्द्रमा ट्याङकीका चौकिदार र उनको परिवारका साथै अन्य कर्मचारि माथि गालिगलौज तथा अभद्र व्यावहार गरेको भन्दै बागलुङ नगर खानेपानी उपभोक्ता सस्थाका प्रवन्धक हिमाल शर्मालाई जिल्ला प्रहरी कार्यलय बागलुङले पक्राउ गरेको हो । मदिरा सेवन गरि नगरखानेपानिको गाडीमा आई आफुहरुलाई तथानाम गाली गर्नुका साथै किचनमा खाना पकाउदै गरेकी आफ्नी छोरीलाई हातपात गरेको नगरखानेपानीका एक कर्मचारीले बताए । मदिरा सेवन… पुरा पढौ

बागलुङमा स्कुल बस दुर्घटना

बागलुङमा स्कुल बस दुर्घटना भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेमा शनिबार राति लहरेपिपल माध्यमिक विद्यालयको स्कुल बस दुर्घटनामा परेको हो ।शनिबार राति बागलुङ बजारबाट लहरेपिपल जाँदै गरेको बस चालकले मदिरा सेवन गरि चलाएको कारण लहरेपिपल माविको ग १ झ १८७ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताउनुभयो । दुर्घटनामा मानवीय क्षति भने नभएको र चालक गलकोट नगरपालिका–२ नरेठाटीका ३१ वर्षीय अर्जुन खत्रीलाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको खड्काले बताउनुभयो । पुरा पढौ

नयाँ बर्षका दिन कालिका भगवती मन्दिरमा हजारौं भक्तजनकाे घुइँचो

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नयाँ बर्ष २०८० बैशाख १ गतेका दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालीका भगवती मन्दिरमा नयाँ बर्षकाे दिन बिहानैदेखि श्रद्धालु भक्तजनहरूकाे बिहानदेखि न‌ै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालीका मन्दिरमा नयाँ बर्ष प्रारम्भ भएको… पुरा पढौ

लाेकतन्त्रकाे १७ बर्ष संक्रमणकालीन न्याय अलपत्र

देशमा लाेकतन्त्र आएको १७ बर्ष बितिसक्दा समेत द्वन्द्व पिडीतकाे समस्या जस्ताकाे तस्तै भएको भनेर गुनासो गरेपनि समस्या २० बाट १९ हुन नसकेको बागलुङमा आयोजीत कार्यक्रममा आक्राेश पाेखेका छन् । द्वन्द्वकाे समयमा भएको मानवअधिकार उलंघनका दाेषी उपर छानबिन गरि कार्वाही गरि पिडीत पक्षलाई न्यायको माग गरेको १७ बर्ष बितिसक्दा समेत अहिलेसम्म कुनै सुनुवाइ नभएको एक कार्यक्रममा सराेकारवाले धारणा ब्यक्त गरे । मानव अधिकार ,शान्ति ,लाेकतन्त्र ,अहिंसा भन्ने नारा साथ मानवअधिकार तथा शान्ति समाज बागलुङ शाखाले लाेकतन्त्रकाे १७ बर्ष ; संक्रमणकालीन न्याय… पुरा पढौ

मालिका सेवा समाजद्वारा धार्मिक तथा पर्यटकिय क्षेत्र समावेश गरि क्यालेण्डर प्रकाशन

मालिका सेवा समाज बागलुङले मालिकाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु समावेश गरि नयाँ वर्ष २०८० सालको क्यालेण्डर प्रकाशन गरेको छ । बागलुङ नगरपालिका वडा नम्वर ५ मालिकाका विभिन्न पर्यटकिय क्षेत्रहरु, विद्यालय, मठमन्दिरहरु समावेश भएको क्यालेण्डर बिहिबार एक विशेष कार्यक्रम आयोजना गरि विमोचन गरेको छ । पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ मालिकाको भूगोल लगाएतका विषयवस्तु समेटेर समाजले पहिलो पटक क्यालेण्डर प्रकाशन गरेको हो।बागलुङ नगरपालिका वडा नम्वर ५ मालिकाका प्रत्यक घर घरमा पु¥याउने उदेश्यले क्यालेण्डर प्रकाशन गरिएको समाजका अध्यक्ष जिवननाथ शर्माले बताउनु भयो… पुरा पढौ

मेयरको सचिवालयका कर्मचारीले घुस मागेको अडियो सार्वजनिक

 उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले घुस मागेको अडियो सार्वजनिक भएको छ । उनले नगरपालिकामा जागिर लगाइदिन्छु भनेर एक व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको हो । अडियोमा गुड्डुकुमारी मण्डलले आफूसँग अहिले ५० हजार रुपैयाँ रहेको बाँकी पैसा १० दिनभित्र दिने बताउँछिन् । तर राईले पुरै पैसा दिनुपर्ने अडान लिएका छन् । नगरपालिकाले नगरअस्पतालका लागि कम्‍प्युटर अपरेटर, ल्याब असिस्टेन्ट अनमी, अहेबलगायत करारमा नियुक्तिका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा अनमीमा नाम… पुरा पढौ

खुल्ला व्यायामशाला एकहप्ता नबित्दै तोडफोड

बागलुङ जिल्लाको सदरमुकाममा बागलुङ नगरपालिकाको पहलमा स्थापना गरेको खुल्ला व्यायमशाला एक हप्ता नबित्दै तोडफोड भएकाे छ । नगरपालिकाको समन्वयमा विश्वको सबैभन्दा लामो पुल परिसरमा स्थापना गरेको व्यायमशालामा राखिएका सामाग्रीहरु भाँचिएका हुन । सार्वजनिक ठाउँमा नागरिकको पहुँच पुग्ने गरि बागलुङ नगरपालिका-१, बाङ्गेचौरको शहिद पार्कमा विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग र आर्युवेद विभाग तथा बागलुङ नगरपालिकाको समन्वयमा राखिएका व्यायामशालाका सामाग्री भाँचिएका हुन । नागरिकको सुविधाकालागि राखिएका व्यायाम सामाग्री एकहप्ता नबित्दै भाँचिनुले नागरिकहरुमा जिम्मेवारीमा प्रश्न चिन्ह उठेको छ भने निगरानी गर्ने संस्थाको कार्यक्षमता… पुरा पढौ