जनकल्याण माध्यमिक बिद्यालयकाे ६२ आ‌ैं बार्षिकाेत्सव

-


     हिडन खबर    
     फागुन ६ गते २०८० मा प्रकाशित


पर्वत /जलजला गाउँपालिका वाड नं ०८ नाग्लिबाङमा अबस्थित श्री जनकल्याण माध्यमिक विद्यालयको ६२औं बार्षिक उत्सब तथा अभिभावक दिवस कार्यक्रम एक कार्यक्रम बिच सम्पन्न भएको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भिम बहादुर श्रेष्ठको अध्यक्षतामा प्रमुख अतिथि जलजला गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्य बिशिस्ट अतिथी जलजला वाड नं ०८ अध्यक्ष एवं जलजला गाउँपालिकाका प्रबक्ता हरिबिकाश जि.सी वाड नं ०३ का अध्यक्ष एवं शिक्षा समिती संयोजक एकेन्द्र बहादुर खत्रीले बिद्यालयकाे बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, भुपु बिधालय ब्यावस्थापन समितिका अध्यक्षहरु, भुपु शिक्षकहरू शिक्षक संघका अध्यक्षहरु, मानर्थ सदस्यहरु, चन्दादाता, जग्गादाता, अक्षयकोष संरक्षकहरु,अभिभावक प्रधानध्यापक,अध्यापनरत शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा सहायक प्रधानध्यापक रघुनाथ सुबेदीकाे संचालनमा भएको थियो।

विद्यार्थीहरुले कबिता गित, नाच, पञ्चेबाजा र भजन किर्तन बजाएर आफ्नो प्रतिभा प्रस्तुत गरि कार्यक्रम सब्य र भब्य बनाउन सहयोग गरेको थियो ।कार्यक्रममा बिभिन्न सामाजिक ब्यक्तिहरूलाइ सम्मान गरिएको थियोे ।