महायज्ञकाे अबधि भर सहुलियत भाडामा यातायात

-


     हिडन खबर    
     फागुन ६ गते २०८० मा प्रकाशित


बागलुङ / प्रसिद्ध धार्मिक पर्यटन केन्द्र सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म हुने अनन्तश्री ब्रम्हान्डीय महायज्ञ २०८० लाइ भब्य र सभ्य रूपमा सम्पन्न गर्न पुग्ने धार्मिक पर्यटकलाई लक्षित गरि
सहुलियत दरमा यातायात सेवा संचालन गर्ने निर्णय गरेको छ ।

बागलुङ सदरमुकाम देखि पन्चकाेट सम्म सहजरूपमा जानकाे लागि फागुन ८ गतेदेखि २४ गतेसम्मको लागि यातायात भाडा दर निर्धारण गरेको छ ।बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेल,प्रथम अध्यक्ष शशि कपुर श्रेष्ठ ,धाैलागिरि कालीका यातायात प्रालिका अध्यक्ष जयन्द्र राज पन्त ,धाैलागिरि अन्चल यातायात सेवा प्रालिका अध्यक्ष सन्त बहादुर पाखरिन ,धाैलागिरि गण्डकी यातायात सेवा प्रालिका संचालक आ‌ेम बहादुर गिरि र सर्वसिद्विधाम पन्चकाेटका संस्थापक महासचिव जगन्नाथ आचार्य सहितको उपस्थितिमा महायज्ञ लाइ लक्षित गरि सहुलियत भाडा दर कायम गरिएको सर्वसिद्वधाम पन्चकाेटका संस्थापक महासचिव जगन्नाथ आचार्यले बताउनुभयो ।

सदरमुकाम बागलुङ बजार देखि पन्चकाेट सम्म पुगेको ट्याक्सी प्रति ब्यक्ति २०० रूपैयाँ जीप र पिकप १५० रूपैयाँ ,मिनि बस १०० रूपैयाँ माइक्रोबस १५० रूपैयाँ कायम गरिएको छ ।धाैलागिरि गण्डकी यातायात सेवामा आबद्व बस प्रेत्यक दिन विहान ९ बजे देखि शिवधारा चाेक रात्माटा हुदै र गाेल्डेन गेट उपल्लाचाैर कुडुले हुदै संचालन गर्ने भएको छ ।

महायज्ञ भर हजारौं हजार धार्मिक पर्यटक पन्चकाेट जाने भएको हुदा सयौंकाे संख्यामा सवारीसाधन चल्ने देखिन्छ ।