समाचार

बडिगाडमा एकै पटक ६ घरमा चोरी

बागलुङ जिल्लाको बडिगाडमा एकै रातमा ६ वटा घरमा चोरी भएको छ। बडिगाड गाउँपालिका वाडा नम्बर-५ खौलार बजारमा मंगलबार राति एकै साथ ६ घरबाट सुन सहित ५ लाख बराबरको चोरी भएको हो । घनाबस्ती भएको बजारका आधा दर्जन घरमा एकैरातमा चोरी भएपछि स्थानीय त्रसित बनेका छन् । मंसिर १९ गते रातको २ बजेको हाराहारीमा बजारका ५ बटा पसल तथा एक घरमा नगद र सुनचाँदी गरि ५ लाख बराबरको चोरी भएको स्थानीयलाई उद्दृत गर्दै बडिगाड गाउँपालिका वडा नम्बर-५ का वडा अध्यक्ष विष्णुप्रसाद… पुरा पढौ

मध्यरातमा बडिगाडको एक घरमा आगलागी

 बागलुङको बडिगाड गाउँपालिका–५ दाँग फेदीमा एक घरमा आलगाली हुँदा लाखौं मूल्य बराबरको धनमालकाे क्षति भएको छ । फेदीका स्थानीय तारापती घिमिरे (देविराम) को घरमा आगलागी हुँदा लाखौं रुपियाँ बराबरको धनमालकाे क्षति भएको हो । बुधबार राति अन्दाजी १२–३० बजेको समयमा आगलागी हुँदा नगद २० हजार सहित अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत घरमा रहेका सम्पूर्ण सामान जलेको घरधनी देविराम घिमिरेले बताए । घटनास्थल पुगेको खार प्रहरीचौको टोलीले क्षतिको विवरण संकलन गरिरहेकाे छ । मध्यरातमा मानिस सुतिरहेको समयमा के कारणले आगलागी भयो भन्ने… पुरा पढौ

अध्यक्षमा काजी राेशन चयन

काठमाडौं ,साहित्यिक संस्था समन्वय समितिको बैठक क्याम्ब्रिज ईन्टरनेशनल कलेजमा बसि साहित्यिक संस्थाका प्रमूखहरूको भेलाले सर्बसम्मतबाट साहित्यकार काजी रोशनको नेतृत्वमा १७ संस्थाहरूको प्रतिनित्व रहेको स्थायी समिति गठन गरेको छ । अध्यक्ष -साहित्यकार काजी रोशन,धौलागिरि साहित्यिक प्रतिष्ठान,उपाध्यक्ष -डा. सावित्री श्रेष्ठ ,सिध्दिश्वरमान अक्षयलोक साहित्य केन्द्र ,महासचिव -राजन प्रसाद न्यौपाने ,नोबेल सकोस साहित्य समाज ,सचिव -केशब बहादुर पुन ,प्रिन्सीपल क्याम्ब्रिज कलेज ,कोषाध्यक्ष -गंगा कसजू ,ने.बाल साहित्य समाज ,सदस्य -डा बम बहादुर जिताली,मन्जुश्री साहित्यक समाज,डिल्ली राज अर्याल -मनोहरा साहित्यिक समाज,गोविन्द प्रसाद घिमिरे वेदमणि -अभिनव साहित्यिक… पुरा पढौ

तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुल अलपत्र

काठमाडौं /दिनमा हजारौं सवारीसाधन चल्ने राजधानीको मुटु तीनकुनेमा निर्माणाधिन माेटरेवल पुल बर्षाै सम्म नबन्दा सर्वसाधारणले सास्ती झेल्नुपर्ने समस्या यथावत् छ भने जोखिमबारे सरकार सचेत नहुँदा आमनागरिकले सास्ती मात्र खेप्नुपरेको छैन, ज्यान नै गुमाउनुपरेको छ । ठेकेदारको लापरवाहीले साढे आठ वर्ष पहिले विस्तारको काम शुरु भए पनि तीनकुने–शान्तिनगर जोड्ने पुल निर्माणकार्य अलपत्र परेको छ । निर्माण कार्यकाे जिम्मेवारी पाएको पप्पु कन्सट्रक्सनको काम समयमा नसकेको भनी नयाँ निर्माण कम्पनी लाई कामको जिम्मेवारी दिएको बताइएपनि अहिलेसम्म पुलको नयाँ डिजाइन बन्न नसक्दा काम शुरू… पुरा पढौ

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माणपक्षबिच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो । निर्देशक सम्राटले केही समय अघि ‘कंगारु’ घोषणा गरेका थिए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएका थिए ।

राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिम भन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । यो फिल्ममा काम गर्ने सम्झौता गर्दै गर्दा आफू निकै नै उत्साहित रहेको कलाकार घिमिरेले बताए । फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा… पुरा पढौ

ताराखाेलामा ३ दिने बृहत् स्वास्थ कार्यक्रम

बागलुङ /नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेडियन रेडक्रसको सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य कार्यक्रम (CCBHP) शुरू भएको छ । ताराखोला गाउॅपालिकाका महिला स्वास्थ्य स्वंयसेविका र रेडक्रस स्वंयसेवकहरूका लागि मंसिर १८ गते देखि २० गते सम्म ३ दिने महामारी नियन्त्रण कार्यविधि प्रशिक्षण “Epidemic Control For Volunteer (ECV)” को नेरेसो बागलुड० जिल्ला शाखाका सभापति जगन्नाथ आचार्यको अध्यक्षता एंव जिल्ला प्रशासन कार्यालय बागलुड०का सहायक प्रमुख जिल्ला अधिकारी श्री चित्राङ्गत बरालको प्रमुख अतिथ्यतामा उद्घाटन गरि प्रशिक्षण कार्यक्रम शुरूवात गरिएको हाे ।… पुरा पढौ

सिवाईसी सहकारीको अध्यक्षमा चण्डिप्रसाद शर्मा चयन

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा चण्डिप्रसाद शर्मा सर्वसम्मत चयन भएका छन् । शनिबार बागलुङ सदरमुकाममा भएको सहकारीको १४ औं वार्षिक साधारण सभाबाट १५ सदस्यीय संचालक समिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा सिता देवी सापकोटा कँडेल, सचिवमा ज्ञानेन्द्रराज पन्त, सहसचिवमा सुवास आचार्य, कोषाध्यक्षमा मोहन प्रसाद उपाध्याय निवार्चित हुनुभएको छ । सदस्यहरुमा मोतिराम गौतम, कृष्णप्रसाद रिजाल, पुतली थापा, चुडामणी कँडेल, राम बहादुर खत्री, इन्दिरा पान्डे पन्त, भोलानाथ आचार्य, गोपाल कुमार शर्मा, सिर्जना अधिकारी पौडेल र अनिता सापकोटा… पुरा पढौ

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रति तोला १ लाख २१ हजार ६ सय रूपैयाँमा कारोबार

काठमाडौं / नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम गरेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक तोलामा आठ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य तोलामा १ हजार ५… पुरा पढौ

अनन्तश्री ब्रह्माण्डीय महायज्ञ हुने

बागलुङ , अनन्तश्री ब्रह्माण्डीय महायज्ञको धान्याचन स्तम्भ (मौलो)को प्रतिष्ठाको विधि पुर्वाङ्ग कर्म मध्ये धान्याचल स्तम्भलाई विधिवत रुपमा जलाधिवास गरिएको छ । महायज्ञका संकल्पकर्ता अनन्त स्वामीकमलनयनाचार्य को सत्सान्निध्यतामा स्थानिय भक्तजनहरुको उत्साहपूर्ण समुपस्थितिमा श्रीकृष्णागण्डकी नदिको तट ढोडेनि घाटमा विष्णुसहस्रनाम,पुरुषसूक्त ,श्रीसूक्तआदि स्तोत्रहरुको पाठ पारायण गर्दैउक्त स्तम्भलाई जलाधिवास गरिएको हो । पन्चगव्य आदिद्वारा सोधन तथा दिब्य सुगन्धित चन्दन द्वारा लेपन गरि उक्त कार्य गरिएको आइतबार देखि विधिवत पुष्पाधिवास, फलाधिवास, धान्याधिवास , छायाधिवास आदि कार्य गरि स्तम्भ प्रतिष्ठीत गर्ने र आगामी फागुनमाहुने महायज्ञमा धानले मौलोलाई… पुरा पढौ

कालीका मन्दिर गेट देखि सरसफाई

बागलुङ ,भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्थाकाे आयोजनामा कालीका भगवती मन्दिर गेट देखि मालढुंगा सम्म सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर गेट देखि मध्यपहाडी राजमार्गकाे मुख्य प्रवेशद्वार सम्म निगरानी संस्था, गुठी युवा क्लब ,जुन तारा मिडिया इलाका खबरका पदाधिकारी लगायतका ब्यक्तिहरूलकाे सहभागीतामा सरसफाइ गरेको भ्रष्टाचार बिरूद्व नागरिक संस्थाका उपाध्यक्ष एक बहादुर केसीले बताए । बागलुङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाईबागलुङ सफा र सुन्दर छ भन्ने पहिचान बनाउनकाे लागि आफुहरूले सरसफाइ अभियान संचालन… पुरा पढौ