
काठमाडौँ —राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भेटवार्ता गरेका गर्नुभएको छ ।भेटका लागि प्रधानमन्त्री दाहाल बुधबार अपरान्ह शितलनिवास पुग्नुभएकाे थियोे ।
भेटमा समसामयिक विषयहरुमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो । ‘यो नियमित भेट नै हो ‘त्यस्तो विशेष भेटघाट होइन, मुलुकका पछिल्ला घटनाक्रमहरुका विषयमा प्रधानमन्त्रीले व्रिफिङ गर्नुभएको थियोे ।
संसद् बन्द रहेका बेला राष्ट्रपतिसँग भएको भेटमा प्रधानमन्त्री दाहालले सरकारले गर्न लागेको लगानी सम्मेलन र त्यसअघि गर्नैपर्ने कानूनको संशोधन गर्ने गरी अध्यादेशहरु ल्याउने विषयमा परामर्श गर्नुभएकाे बताइएको छ ।









