
बागलुङ / नेपाल कै ऐतिहासिक चैते दशै मेलाको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले मंगलबार बागलुङमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
चैत ३० गतेदेखि शुरू भएको बागलुङ कालीका भगवती मन्दिर परिसरमा लाग्ने ऐतिहासिक मेलाको एक कार्यक्रम बिच बागलुङ निवासी उद्यमी ग्लोबल आइएमी बैंकका प्रमुख समेत रहेका महासंघका अध्यक्ष ढकालले उद्घाटन गर्ने कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म हुने ऐतिहासिक मेलामा
कालीका कप खुला भलिबल प्रतियोगिता ,राष्ट्रिय दाेहाेरी गीत प्रतियोगिता ,राष्ट्रिय कलाकारकाे प्रस्तुति रहेको छ ।













