गायिका एलिना चाैहानकाे विवाह बागलुङका बिष्णु सापकोटा संग

-


     हिडन खबर    
     वैशाख ५ गते २०८१ मा प्रकाशित


बागलुङ ।‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो । यस गीतको गायिका हुन् एलिना चौहान । दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले पनि भाइरल नै छ ।

गीत भाइरल भए संगै गायिका चौहान थप चर्चामा आउनु स्वभाविक नै हाे पटकपटक चर्चामा आएकी गायिका चाैहानले यहीँ बैशाख ५ गते बागलुङ नगरपालिका वडा नम्बर २ निवासी बिष्णु सापकोटा संग वैवाहिक जीवनमा
बाढिएका छन् ।

बिर्तामोड झापा निवासी बीरेन्द्र चाैहान र जमुना चाैहानकी छाेरी एलिना चाैहानकाे बागलुङ नगरपालिका २ फूलप्रसाद सापकोटा र सीता सापकोटाका छाेरा बिष्णु प्रसाद सापकोटा संग विवाह हुन पुगेको छ ।एलिना चाैहान लाइ दुलही भित्र्याएपछि बागलुङ सदरमुकाममा बैशाख ८ गते दिउँसो भाेजकाे कार्यक्रम राखेको छ ।

केही समय अगाडि सांगेतिक कार्यक्रममा लागि अष्ट्रेलिया पुगेकी उनको सांगीतिक कार्यक्रमसँगै अष्ट्रेलियामा रहँदै आएका युवक विष्णु सापकोटासँग प्रेमकाे चर्चा चलेको थियोे ।जुन चर्चालाई उनले एकपछि अर्को गर्दै लगातार बनाएको टिकटक भिडियोले बल पुगेको थियोे।