भजन महाेत्सवकाे हिसाब सार्वजनिक

-


     हिडन खबर    
     वैशाख ६ गते २०८१ मा प्रकाशित


बागलुङ /धार्मिक तथा आन्तरिक पर्यटकीय केन्द्र शालग्राम संग्रहालय बागलुङमा हरेक बर्ष लाग्ने शालग्राम महाेत्सव तथा भजन महाेत्सव आयोजना गरेर यसको प्रचारप्रसार गरेपछि यस क्षेत्रमा आउने पर्यटक बढेर जान थालेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले फेदीमा आयोजीत ५ दिने शालग्राम महाेत्सव २०८१ सम्पन्न भए लगत्तै यसको आर्थिक हिसाबकिताब सार्वजनिक गरिएको छ ।

श्री श्रीधराचार्य शालग्राम संग्रहालयकाे आयोजनामा भएको
श्रीरंगवेंकटेश मुक्तिनारायण मन्दिरको ३७ आ‌ैं ब्रहमाेहत्सव तथा शालग्राम महाेत्सव २०८१ काे अबधिमा ८३ लाख ३४ हजार ६ सय १९ रूपैयाँ कुल आम्दानी भएको सचिव रामकृष्ण सापकोटाले बताउनुभयो ।महाेत्सव अबधिमा खर्च गेट निर्माण मन्च लगायतका खर्च ७९ लाख २६ हजार ८ सय ३५ रूपैयाँ भइ ४ लाख ७ हजार ७ सय ८४ रूपैयाँ
आम्दानी भएको सापकोटाले बताउनुभयो ।

धार्मिक पर्यटकीय केन्द्रकाे रूपमा विकास हुदै गइरहेको शालग्राम संग्राहलयमा यतिबेला मुक्तिनाथ गएर फर्किएका
धार्मिक तथा आन्तरिक पर्यटक अवलोकनकाे लागि आउने गरेको शालग्राम संग्रहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयाे ।

विभिन्न धार्मिक तथा सामाजिक काम क्रियाकलाप गर्ने संघ संस्थाले महाेत्सव लगायतका कार्यक्रम गर्ने तर हिसाबकिताब बर्षाै सम्म नगर्ने परिपाटी बसिरहेको समयमा
बागलुङको शालग्राम संग्रहालयले भने हरेक बर्ष कार्यक्रम सकिएको भाेलिपल्ट गरेर सार्वजनिक गर्ने गरेको छ ।

शालग्राम संग्रहालय यतिबेला सबैको राेजाइमा परेको छ
सवा लाख शालग्राम संकलन गरेर निर्माण गरिएको संग्रहालय वरिपरिका थुप्रै संरचना निर्माणकार्य पनि जारी रहेको छ ।

कार्यक्रममा पत्रकार राजेशचन्द्र राजभण्डारी ,किरण आचार्य ,राष्ट्रिय भजनका कलाकार गायक रेशम आचार्य लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियोे ।

हिसाबकिताब सार्वजनिक कार्यक्रम संग्रहालयका हरिप्रसाद शर्मा उपाध्यायले संचालनमा सम्पन्न भएको थियोे ।