समाचार

फाराम भरेका सेवाग्राहीलाई लाइसेन्स दिइहाल्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीले सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागले ती सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन सचेत गराउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “अहिलेको युग प्रविधिको युग हो। त्यसमा… पुरा पढौ

स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्ने प्रधानमन्त्रीकाे धारणा

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ। त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ।” चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिटै चिकित्सा शिक्षा आयोगको बैठक बसिने प्रधानमन्त्रीले जानकारी दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “चिकित्सा शिक्षा आयोगको बैठक हामी छिटै… पुरा पढौ

आयोजनाको समय र लागत बढाउने काम राेक्न प्रधानमन्त्रीकाे आग्रह

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्नुपर्ने बताउनुभएको हो। अनुगमनपछि प्रधानमन्त्रीले भन्नुभयो, “हरेक आयोजनामा सुरूको लागत स्टिमेट जस्तो छ, त्यसरी नै काम सम्पन्न गर्ने सोच्नुपर्छ। समयमा काम नसक्ने, अनि पटकपटक समय र लागत बढाउने काम गर्नु हुँदैन। सुरूमै आयोजनाको लागत… पुरा पढौ

पुराना आयोजना “कम्प्लिट” गर्न प्राथमिकता दिन्छौँः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरि नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताउनुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। आयोजनाको भर्चुअल अनुगमन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “वार्षिक बजेटको ठीक ढंगले प्राथमिकीकरण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य महत्वपूर्ण आयोजनाहरू नराम्रोसँग प्रभावित हुने गरेका छन्। पर्याप्त बजेटको व्यवस्था नहुँदा एकातर्फ गुणस्तरीय काम… पुरा पढौ

फागुन ९ गतेदेखि २३ गतेसम्म हुने ब्रह्माण्डिय महाँयज्ञकाे तयारी तिब्र

बागलुङ / धार्मिक र पर्यटकीय केन्द्र बागलुङको पंञ्चकाेट धाममा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म हुन अनन्तश्री ब्रह्माण्डिय महाँयज्ञकाे तयारी र प्रचारप्रसार तिव्रगतिमा भइरहेको छ । ३१ फिट अग्लाे विशेष माैलाेलाई पंञ्चकाेट धाम देखि देशका विभिन्न जिल्लाका धार्मिक स्थल हरूमा भ्रमण गराईंदै साथै माैलाेकाे साथमा कलश यात्रा गर्ने कार्यक्रम पनि अगाडि बढिरहेको आयोजकले जनाएको छ ।भजन किर्तन सहित बागलुङ म्याग्दी र पर्वत जिल्लाका बिभिन्न भागमा माैलाे घुमाउने काम भइरहेको पन्चकाेटका सचिव रामबहादुर क्षेत्रीले बताए । पुरा पढौ

५ स्वास्थ्यकर्मी संघ संस्थाद्वारा वडिगाड घटनाको भत्सर्ना

बागलुङ /माघ ७ गते विहान ९.५५ बजेकाे समयमा कार्यालय आउदै गरेको अवस्थामा वडिगाड गाउँ पालिकाकास्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीलाइ क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता बताउने समुहले दुर्ववहार गरेको घटनाको गम्भीर ध्यानाकर्षण भएको संयुक्त प्रेस विज्ञप्ति मार्फत जनाएको छ । नेपाल स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला अध्यक्ष अध्यक्ष बिष्णु प्रसाद शर्मा ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका जिल्ला अध्यक्ष उमेश सर्वुजा ,प्रगतिशील जनस्वास्थ्यकर्मि महासंघ जिल्ला अध्यक्ष लक्ष्मण ढकाल ,राष्ट्रिय एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालका जिल्ला अध्यक्ष टुकनाथ शर्मा र नेपाल स्वास्थ प्राविधिक संघ जिल्ला अध्यक्ष साेमराज… पुरा पढौ

स्वास्थ्यकर्मी संघद्वारा बडिगाडमा भएको घटनाको भत्सर्ना

बागलुङ / नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बागलुङले वडिगाड गाउँ पालिकाका स्वास्थ संयाेजक विपेन्द्र केसी बिजय अफिस जाने क्रममा बिच बाटोमा केही ब्यक्तिहरूले राेकी अभद्र ब्यवहार गरेको भन्दै प्रेस विज्ञप्ति मार्फत घटनाको भत्सर्ना गरेको छ । नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमितिका अध्यक्ष बिष्णु पाैडेल ,उपाध्यक्ष चन्द्र प्रसाद रेग्मी र सचिव शिव केसीले एक प्रेस विज्ञप्ति प्रकाशित गरि स्वास्थ जस्तो संबेदनसिल क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी लाई अभद्र ब्यवहार गरि मनाेवल कमजोर हुने गरि गरिएको घटनाको भत्सर्ना गरेको छ । संघले घटनाका दाेषीलाइ… पुरा पढौ

बागलुङ जैमिनीबाट अवैध हतियार सहित ५ जना पक्राउ

बागलुङ / जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध हतियार एक थान सहित ५ जना ब्यक्ति लाइ जैमिनी नगरपालीका वडा नम्बर ८ काे गाइथुने भुनुवा सामुदायिक वन बाट पक्राउ गरेकाे छ ।यहीँ माघ ४ गते सामुदायिक बनमा शिकार खेल्न गएको बेला एक थान एकनाल भरूवा बन्दुक सहित त्यसमा प्रयोग हुने वारूदकाे धुलाे र ट्रच लाइट दुइ थान सहित बाँके जिल्ला राप्ती साेनारी गाउँ पालिका ५ का ३४ बर्षिय बिष्णु बहादुर कुमाल , ४१ बर्षिय रामबहादुर कुमाल ,३० बर्षिय बुद्वि कुमाल २४ बर्षिय… पुरा पढौ

बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई कार्वाही

हिडन संवाददाता बागलुङ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी लाई कालो मोसो दलेर कार्वाही गरेको छ। आइतबार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, बागलुङ कमिटीले स्वास्थ्य शाखा प्रमुख केसीलाई कालो मोसो दलेको हो। म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका स्थानीयको जीवनमाथि नै खेलबाड गरेको आराेप लगाउदै कारबाहीस्वरूप कालोमोसो दलेको जिल्ला इन्चार्ज अजनवीले बताए। जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि… पुरा पढौ

धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउन उपकुलपति लाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको छ । उहाँले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपकुलपति डा कार्कीलाई भन्नुभयो, “तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।” यसैबीच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई… पुरा पढौ