
राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रिता थापा मगरले सार्वजानिक गरेकाे ए आमा जाम भन्यो मलाई बाेलकाे गित युटुबकाे ट्रेनिङमा पर्न सफल भएकाे छ ।
गाउँघरमा बाेलिने ठेट भाषालाई शब्दमा उतारेर
आज भन्दा झण्डै दुई दशक पहिला मादल र तालीको साहारामा दर्जनौं कार्यक्रममा प्रस्तुत गर्दै आएको गीत “ए आमा जाम भन्यो मलाई” धेरै शुभचिन्तक र साथीसंगीको आग्रहमा केही परिमार्जन सहित बजारमा सार्वजानिक गरिएकाे हाे ।
गीतमा गाउँले युवति लाहुरेको माया जालमा फसेको कथालाई उठान गरिएको छ । गायिका रिता थापा मगरकाे आवाजमा एकनारायण भण्डारीकाे शब्द , स्यम्ब थापाकाे संगितमा रहेकाे गितकाे म्युजिक भिडियाेमा चर्चित गायक प्रकाश सुपुत र सनिषा भट्टराईकाे मुख्य भुमिका रहेकाे छ ।
गितमा माैसम हिमालीकाे निर्देशन, बुद्व थापाकाे छाँयाङकन र मनाेज कार्किकाे सम्पादनमा रहेकाे गित भने रिता थापा मगर अफसियल युटुब च्यानलबाट सार्बजानीक गरिएकाे छ ।









