
काठमाडौ / सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले आज शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै २ जिल्लाका प्रमुख जिल्ला अधिकारीमा नयाँ सहसचिव पठाएका हुन भने अर्को एक प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेका हुन् ।
हेरफेर अनुसार गृहमन्त्रालयका सहसचिवद्वय नेत्रप्रसाद सुवेदी र केदारनाथ शर्मालाई क्रमशः बागलुङ र पर्वतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । बागलुङका प्रजिअ खगेन्द्रप्रसाद रिजालको बाँकेमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयले खगेन्द्र प्रसाद रिजाललाई झण्डै ८ महिना अघि बागलुङ जिल्लामा सरूवा गरेर पठाएको थियो ।
बागलुङकाे प्रमुख जिल्ला अधिकारीमा सरूवा भएर आउनु भएका सुवेदी केही बर्ष अघि काेष तथा लेखा नियन्त्रण कार्यालय बागलुङमा प्रमुख काेष नियन्त्रककाे रूपमा जिम्मेवारी सम्हाल्नु भएको थियोे ।










