ढाेरपाटन नगरपालिकामा सडक बाट लडी एकजनाकाे मृत्यु

-


     हिडन खबर    
     जेठ ४ गते २०८१ मा प्रकाशित


बागलुङ जिल्ला ढोरपाटन नगरपालिका ०१ हलगाडे बस्ने बर्ष ५८ को चन्द्र बहादुर दमाई ढाेरपाटन नगरपालिका ०२ हेलखर्कबाट घर फर्कने क्रममा गोरेटोबाटोबाट अन्दाजी ३०० मिटर तल लडी मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैशाख ३ गते घटना भएको जानकारी प्रहरी कार्यालय बुर्तीबाङमा जानकारी भएपछि प्रारम्भिक अनुसन्धानको लागि इप्रका बुर्तिवाङ बाट प्र.नि राजकुमार बि.क.को कमाण्डमा ७ जना प्रहरी टोली खटिएका छन् ।घटनास्थल इ.प्र.का बुर्तीबाङ बागलुङबाट अ. ०९ कि.मि पुर्व रहेको छ ।घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।