समाचार

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् ।निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो ।सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ । यस्तै, फिल्मको दोश्रो पोष्टरमा फिल्मका मुख्य तीन अभिनेत्रीहरु शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराईलीसँगै अभिनेताहरु अर्पण, प्रमोद र सन्तोषलाई देख्न सकिन्छ ।पोस्टरमा शुभेक्षा र अन्जना मुस्कुराइरहेका छन् भने सन्तोष, अर्पण, प्रमोद र मेनुका गम्भीर भावमा छन् ।यस्तै तेश्रो पोस्टरमा मुख्य अभिनेता सन्तोषले फिल्ममा छोरी बनेकी बाल कलाकार आयुशीलाई पिठ्यूमा बोकेका छन् भने अभिनेत्री सिम्रन खड्का मुस्कुराइरहेको देख्न सकिन्छ ।बाबुछोरीको कथा प्रस्तुत गरिएको पारिवारिक फिल्मका यी पोस्टरले फिल्मका अभिनेत्री मध्ये ‘चित्रा’ आखिर को हुन् त ? भन्ने कौतुहलता उत्पन्न गराउँछ ।ग्रे र कलरफुल थिममा तयार पारिएका यी पोस्टरले सम्बन्ध र तीनका आयातनको कथा दर्शकलाई पस्किने सहज अनुमान गर्न सकिन्छ ।‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाश, अन्जना, सिम्रन, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।निर्देशक घनश्यामले फिल्म ‘पञ्चेबाँजा’ बनाएपछि प्रशंसा बटुलेका थिए । यसैले, ‘चित्रा’ उनका लागि चुनौतीपूर्ण छ ।चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफै कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ ।महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् ।सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् । फिल्ममा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ । यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ ।


सरसफाइमा जुरुक्क उठे नेवाः लहना बिश्व सरसफाइ अभियान

काठमाडौ .हाम्रो स्थानीय तहहरू आफ्नो गाउँ ठाउँ सरसफाइ गर्न नसकेर अलमल्लिएकाे बेला नेवा: लहना बिश्व सरसफाइ अभियानले देशमा मात्र नभइ बिश्व सरसफाइ अभियान एक दशकदेखि अगाडि बढीरहेको छ ।किर्तिपुर नगरपालिका बाट शुरू भएको अभियानलाई अझै बढी प्रभावकारी बनाउन बृहत् सरसफाइ अभियान गरेर सरसफाइ लाई निरन्तरता दिइएको छ । मानव फाेहाेर रहित मानव फाेहाेर ब्यवस्थित गराै भन्ने नारासाथ नेवा:लहना बिश्व सरसफाइ अभियानले किर्तिपुर काठमाडौंमा बृहत् सरसफाइ गरेर सरसफाइ गर्न पर्छ भन्ने सन्देश दिएको छ । मानव फाेहाेर रहित मानव फाेहाेर ब्यवस्थित… पुरा पढौ

माेहत्तरीकाे वलवा नगरपालिकामा ३ दिने मुटु शिविर

गाऊँघरमा पनि प्रेसर, सुगर र मुटुरोगको अवस्था चिन्ताजनक । माेहत्तरी / डाक्टर आ‌ेम फाउन्डेसनकाे आयोजना माेहत्तरी जिल्लाकाे वलवा नगरपालिकाकाे सहकार्यमा ३ दिने मुटु शिविर सम्पन्न भएको छ । मुटु शिविरमा ४०० भंदा बढ़ी बिरामीको चेकजाँच गरियो । टीमले ३ दिन लगाएर स्थानिय निकाय नगरपालिका सँग सहकार्य गरेर मुटुको शिविर सम्पन्न गर्यो। काठमांडूमा मैले हेर्ने बिरामीको प्रकृति र यो शिविरमा हेरेको बिरामी उस्तै उस्तै लागेकाे फाउन्डेसनका डाक्टर आ‌ेम मुर्ति अनिलले बताए ।गाऊँघरमा पनि प्रेसर, सुगर र मुटुरोगको अवस्था चिन्ताजनक नै रहेको… पुरा पढौ

मंसिर ९ गते किर्तिपुरमा बृहत् सरसफाइ हुने

काठमाडौ ,नेवा:लहना बिश्व सरसफाइ अभियानले मंसिर ९ गते शनिबार किर्तिपुर काठमाडौंमा बृहत् सरसफाइ अभियान गर्ने भएको छ । मानव फाेहाेर रहित मानव फाेहाेर ब्यवस्थित गराै भन्ने भावनाका साथ आफ्नो घर टाेल शहरमा आफुले फाेहाेर नगराै भन्दै शनिबार बिहान किर्तिपुरबासीहरू हातमा सरसफाइ गर्ने आ‌ैजार सहित उपस्थित हुने कार्यक्रम रहेको नेवाःलहना बिश्व सरसफाइ अभियानका अभियन्ता राजमान मानवले बताए । बृहत् सरसफाइ अभियानमा स्थानीय टाेलबासी किर्तिपुर नगरपालिका लायन्स क्लब ,स्थानीय बालक्लब सामुदायिक बिद्यालयका बिद्यार्थी समाजसेवी जेष्ठ नागरिक लगायतका ५ सय जना भन्दा बढीकाे… पुरा पढौ

कालीका गुठी ब्यवस्थापन समितिकाे कार्तिक महिनाको हिसाब सार्वजनिक

बागलुङ मंसिर ७ कालीका भगवती गुठी ब्यवस्थापन समितिले आफ्नो हिसाबकिताब सार्वजनिक गरेको छ ।गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बुधबार भएको बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको हाे । २०८० कार्तिक महिनामा कर्मचारी तलबमा ५ लाख ४० हजार १ सय ८४ ,बिधुत महसुस २४ हजार ६ सय ५० टेलिफोन इन्टरनेटमा १५ हजार अतिथि सत्कारमा १ लाख ६५ हजार उपहार ६७ हजार ,आर्थिक सहयोग १ लाख , पुर्वाधार विकास निर्माण ७ लाख३६ हजार ५ सय… पुरा पढौ

बागलुङ नगरपालिका धार्मिक पर्यटकीय केन्द्रकाे हव बन्दै

बागलुङ नगरपालिका भित्र बनेका धार्मिक संरचनाहरूमा आन्तरिक तथा बाह्य पर्यटककाे आकर्षण बढ्दै जान थालेपछि यसलाई धार्मिक पर्यटकीय केन्द्रकाे हव बनाउने योजनामा सराेकारवाल लाग्न थालेका छन् । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा रहेका धार्मिक पर्यटकीय केन्द्रका कारण पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । बागलुङ नगरपालिका भित्र नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ,बिश्व कै सबैभन्दा लामो झाेलुङ्गेपुल ,शालग्राम संग्रहालय ,र सर्वसिद्विधाम पन्चकाेटमा दिनहुँ सयौंकाे संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रीन थालेपछि यहीँ ४ वटा पर्यटकीय केन्द्रलाई लक्षित… पुरा पढौ

लाखे’ निर्देशकले घोषणा गरे ‘कंगारु’, सस्पेन्स–थ्रीलर कथामा निर्माण हुने

फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारु’ राखिएको छ । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो । फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको… पुरा पढौ

बेपत्ता भएका देवकुमार नेपाली फेस बुकमा

हजारौं बचत कर्ताहरूकाे करोडौं रकम अवचलन गरेर फरार भएका बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको छ महिनापछि समाजिक संञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन् । सहकारीका अध्यक्ष नेपालीले आफ्नो फेसबुकमार्फत बचत कर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्न बाध्य भएको बताएका छन् । शेयर सदस्यले नै इमेज सहकारी ब्यूँताउदै भन्ने समाचार भेला गरेपछि नेपाली फेसबुक लाईभ मार्फत सम्पर्कमा आएका हुन् । उनले आफ्नो घरमा केही मानिसहरु… पुरा पढौ

साउथ एसियन इन्टरनेशनल पुस्तक मेला शुरू

काठमाडौ / भृकुटीमण्डपमा साउथ एसियन इन्टरनेसनल २०२३ पुस्तक मेला सुरु भएको छ । छिमेकी रास्ट्र भारत र चीन लगायत अन्य देशको उपस्थितीमा आज बाट तीन दिनको लागि पुस्तक मेला सुरु भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अथिती प्रधानमन्त्री पुस्पकमल दाहाल " प्रचण्ड " ले पानसमा दियो बालेर गर्नु भएको थियो भने पुस्तक मेलाको बिषयमा पनि आफ्नो केही भनाइ समेत राख्नु भएको थियो । चीन ,भारत तथा अन्य मुलुकका पाहुनाहरुको पनि पुस्तक मेलामा उपस्थिति रहेको थियो । विभिन्न भाषामा अत्यन्तै जीवन… पुरा पढौ

बागलुङमा एकजना बृद्व मृत फेला

बागलुङ जिल्ला काँठखाेला गाउँपालीका ५ का ७० बर्षिय रणबहादुर केसी साेमबार विहान मृत अवस्थामा फेला परेका छन् । घर देखि झण्डै १ किलोमिटर पर रहेको आफन्त हाेटलमाआइतबार साँझ मादक पदार्थ सेवन गरि आगाे तापि काेठामा गएकोमा साेमबार विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले बताए । घटनाको जानकारी भए लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिलबहादुर कार्कीको नेतृत्वमा ५ जनाको टाेली आवश्यक अनुसन्धान गर्न घटनास्थल तर्फ गएको केसीले बताए । पुरा पढौ