समाचार

श्रीकृष्ण आधारभूत बिद्यालयकाे ६३ आ‌ैं बार्षिकाेत्सव सम्पन्न

बागलुङ/ श्री कृष्ण आधारभुत बिद्यालय मालिका बान्द्रेको ६३ औ बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । सामुदायिक बिद्यालयको उन्नती प्रगतिकालागि नगरपालिकाले बालमैत्री अभियान भौतिक पुर्वाधार निर्माण लगायतका कार्यमा साथ दिने बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठले बताए । कार्यक्रममा बा.न.पा – ५ का वडाअध्यक्ष हरिप्रसाद शर्मा, पुर्व वडाअध्यक्ष शिवप्रसादसापकोटा,लहरेपिपल माबिका प्रधानाध्यापक लेखनाथ शर्मा, सदाशिव आधारभुत बिद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटा, जग्गादाता प्रेम सापकोटा, बिद्यार्थी आयुस्मा रिजाल र सुरज सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बिद्यालयको आर्थिक प्रतिबदेन बिद्यालयका प्रधानाध्यापक… पुरा पढौ

बलियो लाइनअपको ‘चित्रा’ ट्रेलरमा यस्तो देखियो

'चित्रा'को ट्रेलर सार्वजनिक भएको छ। यूट्यूबमार्फत सार्वजनिक २ मिनेट ५९ सेकेन्ड अवधिको ट्रेलरले फिल्म एक्सन र पारिवारिक कथाको समिश्रण भएको देखाएको छ। खारिएका कलाकारहरुको बलियो लाइनअप भएकाले 'चित्रा'लाई एउटा आशावादी सिनेमा मान्न सकिन्छ। फिल्ममा अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता शशक्त कलाकारको अभिनय रहेको छ। यही फिल्मबाट सन्तोष अधिकारी नेपाली रजतपटमा डेब्यू गर्दैछन् । उनले पनि सम्भावना देखाएका छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। निर्देशक घनश्यामले फिल्म ‘पञ्चेबाजा’ बनाएपछि प्रशंसा बटुलेका थिए, त्यसैले ‘चित्रा’लाई आशालाग्दो सिनेमा मान्न सकिन्छ । बाबुछोरीको… पुरा पढौ

जेष्ठ नागरिक दिवसमा ५० हजारकाे अक्षयकोष

काठमाडौं / चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ जेष्ठ नागरिक समाजको आयोजना चन्द्रागिरि नगरपालिका ६ काे आयोजनामा तेस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस सम्पन्न भएको छ । जेष्ठ नागरिकको सम्मान हाम्रो पहिचान भन्ने मुल नारासाथ तेस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अवसरमा समाजसेवी जेष्ठ नागरिक सुरेन्द्र के.सीले ५० हजारकाे अक्षयकोष ५०स्थापना गरेकाे चन्द्रागिरि नगरपालिकाका वडा अध्यक्ष सन्जय सिग्देलले बताए । पुरा पढौ

पढाइ संगसंगै ब्यवहारिक सीप प्रदर्शन गर्दै बिद्यार्थी

बागलुङ सधैं जस्तो पुस्तक मात्रै अध्ययन गर्ने बिद्यार्थीहरू केही बर्ष यता पुस्तक लाइ ब्यवहारिकतामा परिवर्तन गर्न थालेका छन् ।धाैलागिरि बहुमुखी क्यापस बिबिए छैंठाै सेमिस्टरमाअध्ययन गर्ने बिद्यार्थीहरू बागलुङ सदरमुकाममा भइरहेको साताै बागलुङ महाेत्सवमा खाजाकाे स्टल राखेर ब्यवसाय गरिरहेका छन् ।काम गर्न जानेको खण्डमा यहीँ काम गरेरबस्न सकिने बिश्वास समेत जगाउन उदेश्य राखेका छन् । पुस्तककाे पढाइ लाइ मात्र शिक्षा सम्झेर क्यापसमा उच्च शिक्षा अध्ययनरत बिद्यार्थीहरूलाइ पुस्तकका अलवा ब्यवहारिक ज्ञान दिने कार्यक्रम शुरूवात गरेपछि बागलुङका बिद्यार्थीले त्यसलाई निरन्तरता दिन थालेका छन् ।धाैलागिरि… पुरा पढौ

गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।

सरोजकै प्रस्तुती रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन् । अङ्ग्रेजी नयाँवर्ष २०२४ को अवसरमा सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा वरुण र कुसुमको जोडी निकै सुहाएको छ । कलाकार बरुण अधिकारी एक दशकसम्म नेपाली हास्य टेलिसिरियल, म्युजिक भिडियो हुँदै नेपाली फिल्मको निर्देशन समेत गरिसकेका चर्चित व्यक्ति हुन् । उनी विगत ५ वर्षदेखि अमेरिकामा रहदै आएका छन् । गीत सार्वजनिक पछि बरुणले भने  ‘पछिल्लो पुस्ताको माया प्रेमको कथालाई समेटेर म्युजिक भिडियो निर्माण गरेका छौँ । आशा छ कुसुम र मेरो… पुरा पढौ

सामाजिक सेवाको क्षेत्रमा मालीका सेवा समाज

बागलुङ /समाजमा सामाजिक शैक्षिक र मानवीय सेवा गर्ने उदेश्यका साथ गठन भएको मालीका सेवा समाज बागलुङले स्थापनाकाे छाेटाे समयमा समाजमा सामाजिक क्रियाकलाप गरेर आफुलाइ स्थापित गर्न सफल भएको छ । मालिका सेवा समाजले बागलुङ नगरपालिका ५ बान्द्रेकाे श्रीकृष्ण आधारभूत बिद्यालय प्रांगणमा आफ्नो छैठौं साधारणसभा भब्य रूपमा गरेकाे छ । समाजले आफ्नो साधारणसभाकाे अवसरमा समाजको आजीवन सदस्यहरूलाइ प्रमाणपत्र ,समाजमा याेगदान पुर्याएका ब्यक्तिहरूलाइ सम्मान पत्र अबिर खादा सहित सम्मान गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका पुर्व सांसद इन्द्रलाल सापकोटा ,मालीका गाउँ पन्चायतका… पुरा पढौ

नर्सिङ शिक्षा सङ्कटमा, ६७ शैक्षिक संस्थाले बुझाए शिक्षामन्त्रीलाई चाबी

काठमाडौं /प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइलाई चाबी बुझाएका छन्। आफूहरूले विसं २०५७ देखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका भए पनि चिकित्सा शिक्षा आयोगको असहयोगका कारण २०७८ सालदेखि भने नयाँ भर्ना अवरुद्ध भएको शिक्षालय सञ्चालकहरूले बताएका छन् । मन्त्री राईले भने आफ्नो प्रयासले मात्रै प्राविधिक शिक्षालय सञ्चालकको माग पूरा गर्न कठिन हुने बताउनुभयो । यस विषयमा प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सरोकारवाला निकायका अधिकारीसँग… पुरा पढौ

क्रिकेटर लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । शुक्रबार लामिछानेको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि दोषी ठहर गरेको हो । सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि जवाफी बहस भएको थियो । त्यसक्रममा पीडित गौशाला २६ ले समेत आफ्ना कुरा राखेकी थिइन् । उनले कुरा राखेपछि न्यायाधीश ढकाल दोषी ठहर गरेका हुन् । उनको सजाय निर्धारण पछि हुनेछ । तत्कालिन नेपाली… पुरा पढौ

भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे गाडीमा आगजनी

काठमाडौं / इपिएस लाई लिएर आन्दोलन गरिरहेकाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरेका छन्। आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ। प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । बालकुमारी क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। पुरा पढौ

काठमाडौं चन्द्रागिरिमा गणेश रथ जात्रा भब्य रूपमा सम्पन्न

काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानमा बसाेबास गर्दै आएका नेवार समुदायलेनेपाली धर्म संस्कृति लाई जगेर्ना गर्ने उदेश्यले श्री सिद्धि गणेश रथ जात्रा सम्पन्न गरेको छ । यहीँ पुस १० र ११ गते दुई दिन श्री सिद्वि गणेश रथ जात्रा नेवारी पहिरनमा सजिएर रथलाइ चन्द्रागिरि नगरपालिका चेकपोस्ट एरियामा परिक्रमा गराइएको राजेश शाहीले बताए । बिशेष गरेर याे मरी पुर्णिामामा गणेशकाे रथलाइ बाहिर राखि भाेलिपल्ट रथ जात्रा परिक्रमा गर्ने परम्परा लाइ युवाहरूले निरन्तरता दिदै आएकाे चन्द्रागिरि नगरपालिका वडा नम्बर ६… पुरा पढौ