बागलुङमा बैशाख १५ गते थ्री जिरो क्लबको प्रथम सम्मेलन हुँदै

-


     हिडन खबर    
     वैशाख १३ गते २०८१ मा प्रकाशित


शुन्य गरिवी, शुन्य बेरोजगारी र शुन्य खुद कार्वन उत्सर्जनको लक्ष्य प्राप्ती गर्न युवा पुस्तालाई नेतृत्वदायी भूमिका प्रदान गर्ने उद्देश्यले बागलुङमा गठित थ्रि जिरो क्लवहरुको प्रथम सम्मेलन हुने भएको छ ।

चारतारे युवा क्लव, सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले पत्रकार सम्मेलनको आयोजना गरि बैशाख १५ गते बागलुङ बजारमा थ्री जिरो क्लबको प्रथम सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।

थ्रि जिरो क्लवको अवधारण नोबल शान्ति पुरस्कार विजेता प्रोफेसर डा। मोहम्मद युनुसले ल्याउनु भएको हो । सोही परिकल्पना अनुसार विश्वभरका ५४ वटा देशमा यस्ता प्रकारका क्लवहरु गठन भई परिचालीत रहेका छन् । नेपालमा पनि केही गैरसरकारी, सहकारी र लघुवित्त संस्थाहरुले युनुसको परिकल्पनालाई पछ्याउदै यो कार्य अगाडि बढाईरहेको छन् ।

थ्री जिरो क्लवको विश्वव्यापी सञ्जाल निर्माण गर्ने, थ्री जीरोको महत्व, आवश्यकता एवं लक्ष्यबारे जानकारी गराई त्यसमा युवाहरुको रचनात्मक र नेतृत्वदायी भूमिकाको अवसर सिर्जना गर्ने, विश्वका जल्दाबल्दा समस्याहरुको समाधानमा स्थानीय स्तरबाटै पहलकदमी गर्ने जस्ता कार्यहरु गर्नका लागि स्वतस्फुर्त रुपमा यस्ता क्लवहरु गठन गर्ने गरिएको छ ।

सम्मेलनमा ५६ क्लवका सम्पूर्ण संयोजक, सहसंयोजक, सदस्य, विद्यालयका प्रध्यानध्यापक, गरि २८०, फोकल शिक्षक, केही सिर्जनशिल युवाहरु, जनप्रतिनीधि लगाएत गरि करि ४ सय जनाको उपस्थितीमा थ्रि जिरो क्लवको प्रथम जिल्ला सम्मेलन गर्न लागिएको बताउनु भयो ।

सो अवसरमा पौडेलले वातावरणमैत्री स्वावलम्वन नमुना गाउँ विकास कार्यक्रमको अवधारण, यसको आवश्यकत, महत्व, सुचक र सञ्चालन हुने क्रियाकलाप तथा थ्रि जिरो क्लवको अवधारण, थ्रि जिरो क्लव किन रु नेपाली युवाका वर्तमान समस्या, चुनौती र अवसरथ्रि जिरो क्लवले गर्ने क्रियाकलाप, स्थानीय तहसंगको सम्वन्ध लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो ।

गरिबी बेरोजगारी र कार्वन रहीत समाजको सृजना गर्ने उदेश्यले चारतारे युवा क्लब नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले बागलुङले जिल्लाका बिभिन्न बिद्यालय तथा क्याम्पसमा थ्री जिरो क्लब गठन गरिरहेको छ ।

पत्रकार सम्मेलनमा सस्थाले वातावरण मैत्री नमुना गाउँ बनाउनका लागि ९ वटा गाउँको आधारभूत सर्वैक्षण गरिरहेको समेत जानकारी गराइएकोे थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना लगायतले धारणा राखेका थिए ।

सिवाईसी नेपालका अध्यक्ष चण्डी शर्माको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष सीता सापकोटाको स्वागत र सहकारीका सहसचिव सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।