बडिगाडमा आगलागीबाट एक घर जलेर नष्ट: १० जनाको परिवारको बिचल्ली

- आगलागीबाट एक घर २ गोठ, ३ लाख नगद, ९ वटा बाख्रा, १ थान फोन, १ वटा राँगो लगायत घरका सम्पूर्ण खाद्यान्न लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट हुँदा १० जनाको परिवारको बिचल्ली भएको छ ।

-


     राम प्रसाद घिमिरे     
     वैशाख ११ गते २०८१ मा प्रकाशित


बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर-६ मसिन्धारामा आगलागी हुँदा एक घर गोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर-६ समिन्धारा स्थित धन बहादुर थापाको घरमा आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, पशुचौपाय सबै जलेर नष्ट हुँदा थापा परिवारको बिचल्ली भएको छ । घर तलको जंगलबाट एक्कासि लागेको आगो घरमा सल्किएर सम्पूर्ण सरसामान लगायत ३ लाख नगद, ९ वटा बाख्रा, १ थान फोन, १ वटा राँगो, ४ वटा माहुरी घार सहित घरभित्र रहेका सबै सामाग्री जलेर नष्ट हुँदा परिवारको बिचल्लि भएको घटनास्थलमा रहेका वडा नम्बर-६ का वडा सदस्य मीन बहादुर थापाले बताउनुभयो । आगलागीबाट एक घर २ गोठ, ३ लाख नगद, ९ वटा बाख्रा, १ थान फोन, १ वटा राँगो लगायत घरका सम्पूर्ण खाद्यान्न लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट हुँदा थापाको १० जनाको परिवारको बिचल्ली भएको छ ।

४ वर्ष विदेशमा रोजगारी गरि फर्केको छोराले ऋण तिर्न ल्याएको ३ लाख समेत आगोमा जलेर खरानी हुँदा थापा परिवार थप पिडामा परेको छ ।

आगलागी पिडित धन बहादुर थापा

आगलागीबाट मानवीय क्षति भने नभएको थापाले बताउनुभयो । आगलागीबाट बिचल्ली परेको थापा परिवार छिमेकीको आस्रयमा बसेको र सहयोगका लागि अपिल गरिएको छ ।
आगलागी पिडित थापाको परिवारलाई सहयोगको आवश्यक परेकाले सबैले सकेको सहयोगका लागि अनुरोध गरिएको छ ।

पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा लागेको आगो मानव बस्तीमा पस्दा लाखौंको क्षति भएको छ भने कयौं परिवार घरवारविहीन भएका छन ।