आलुकाे बिउ बिक्री नहुदा ४ लाख गाेदामै

-


     हिडन खबर    
     वैशाख ११ गते २०८१ मा प्रकाशित


बागलुङ ।बजार ब्यवस्थापन हुन नसक्दा बागलुङको ताराखाेलाकाे विउ लगाउने आलु ब्यापारीकाे गाेदाममा थन्किएको छ ।

आम उपभोक्ताकाे राेजाइमा पर्दै आएको बागलुङ जिल्ला ताराखाेला गाउपालिका भित्र उत्पादन भएको आलुकाे बिउ राम्रो मुल्यमा बिक्रीवितरण गर्ने भनेर खरिद गरि गाेदाम महिनाै दिन राख्दा समेत स्थानीय बजारका ब्यापारीले खरिद नगरेपछि आलु बिग्रेको ताराखाेला ५ का ब्यापारी संदीप सापकोटाले बताउनुभयाे ।

यसपालि गत सालमा जस्तो आलु लगाउने कृषकले खेती गर्न छाेडेपछि ठूलो परिणाममा खरिद गरेकाे २०० बाेरा आलु बिक्री नहुदा करिब ४ लाख रूपैयाँ नाेक्सान भएको सापकोटाले बताउनुभयो ।

बागलुङको तरकारी हाेलसेल गर्ने ब्यापारीहरूले यसपालि गत बर्ष जस्तो आलुकाे बिउ खरिद नगरेको कारणले पनि समस्या आएको देखिन्छ ।

आलुकाे बिउ बिक्री नभएको बारे पछि मात्रै जानकारी पाएकाे पहिला समन्वय भएको भए समस्या समाधान हुने कृषि ज्ञान केन्द्र बागलुङका सुचना अधिकारी कुमार पुनले बताउनुभयो ।

गाउँ घरमा भएका युवा जनशक्ति राेजगारीकाे लागि विदेशीने क्रम बढेसंगै गाउ गाउँमा खेती किसानी गर्नेहरू पनि घट्दै गएको कारणले तरकारी खेती गर्ने क्रम घटेर गएको देखिन्छ ।

स्थानीय सरकारले कृषि कर्ममा लाग्ने किसानलाई प्राेत्साहन
दिने भने पनि खासै कृषक मैत्री काम भने गर्न नसकेको गुनासो पनि सुनिएपनि त्यसमा सुधार नहुदा किसान मर्कामा परेका छन् ।