समाचार

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको छैठौं अधिवेशन सम्पन्न

बागलुङ / नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासघ बागलुङ शाखाको नबौ बार्षिक साधारणसभा तथा छैठौं अधिबेशन एक कार्यक्रम बिच बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । साधारणसभामा पुस्तक तथा स्टेशनरी ब्यवसाय गर्दै आएका बागलुङका ब्यवसायी लालचन्द्र राजेशचन्द्र राजभण्डारी पुस्तक तथा स्टेसनरी ब्यवसायी संघका प्राेपाइटर लालचन्द्र राजभण्डारी ,प्रेस तथा छापाखाना ब्यवसायी तर्फ राजभण्डारी छापा खानाका प्राेपाइटर कृष्ण गाेविन्द राजभण्डारी लाइ सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाराम गाैतम , केन्द्रीय सदस्य रमेश पाैडेल ,गण्डकी… पुरा पढौ

बागलुङ नगर खानेपानीकाे अध्यक्षका लागि ४ जनाको उमेदवारी दर्ता

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाेपुस २८ गते हुने अधिवेशनकाे लागि ४ जनाले अध्यक्ष पदकाे लागि उमेदवारी दर्ता गराएका छन् । संस्थाकाे नयाँ नेतृत्व हात पार्न बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पुर्व अध्यक्ष केवी राना मगर ,भुपेन्द्र खड्का ,वर्तमान तदर्थ समितिका अध्यक्ष जयराम भारी ,र सुवास आचार्यले उमेदवारी दर्ता गरेको निर्वाचन संयाेजक चित्रांङ्गत बरालले बताए । यस्तै संस्थाका उपाध्यक्ष पदको लागि दयाराम पाैडेल ,रतन प्रसाद श्रेष्ठ र हरिबहादुर जिसी(सन्तोष )सचिव पदको लागिनिर्मल श्रेष्ठ र जीवन आचार्य ,काेषाध्यक्ष… पुरा पढौ

शुभलाभ सहकारीको १६ आ‌ैं साधारणसभा सम्पन्न

बागलुङ /बचतमा बृद्वि जीवनमा समृद्धि भन्ने नारासाथ स्थापना भएको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १६ औ साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी ,सहकारीका सल्लाहकार सुरेन्द्र जंङ्ग राजभण्डारी ,सहकारीका पूर्व अध्यक्ष ईश्वर लाल बज्राचार्य ,जेष्ठ शेयर सदस्य चयन देवी श्रेष्ठ शेयर सदस्य युक्त जंङ्ग राजभण्डारी  लगायतका बक्ताहरूले सहकारीले गाउँ गाउँमा गरिव तथा विपन्न वर्गका शेयर सदस्यकोआर्थिक समृद्धिको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएपनि त्यो भूमिका अझै बढाएर लग्न सकेमात्र समाजमा रहेको गरिवि हटाउन… पुरा पढौ

बागलुङ नगर खानेपानीमा अध्यक्षकाे उमेदवार बन्न रस्साकस्सी

बागलुङ / पुस महिनाको चिसाे माैसम सबैलाई प्रभावित पारिरहेको बेला यहीँ पुस २८ गते हुदै गरेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बागलुङको अधिवेशनले यतिबेला बागलुङ एकाएक तातिन पुगेको छ । बागलुङ नगर खानेपानीको अधिवेशन आउन एकसाता बाकी रहदै गर्दा खानेपानीको नेतृत्व हात पार्न यतिबेला बिभिन्न ब्यक्तिहरू उमेदवार बन्न तछाडमछाड गरिरहेका छन् ।झण्डै ४ हजार खानेपानी उपभोक्ता रहेको नगर खानेपानीमा मतदान गर्ने १५२५ जना सदस्य रहेका छन् । यसपटक खानेपानी संस्थामा नेतृत्व हात पार्न यतिबेला आफु नेतृत्वमा आउन आफ्नो… पुरा पढौ

राष्ट्रिय हितप्रतिकूल सम्झौता गर्ने कल्पना पनि गर्न सक्दिनँः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हितप्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताउनुभएको छ। शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। छलफलका क्रममा सांसदहरूले बिहीबार प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेपछि त्यसबारे स्पष्ट गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, “हिजो भारतीय विदेशमन्त्रीसँग मेरो “वान टु वान”… पुरा पढौ

बागलुङको बडिगाडमा झण्डै सयजना क्षयरोगी भेटिए

बागलुङ /बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिकामा ९८ जना क्षयरोगका बिरामी भेटिएका छन् । तीन वटा वडामा गरिएको स्वास्थ्य परीक्षण शिविरमा ९८ जना क्षयरोगोको पहिचान भएको हो । वडा नं २, ४ र ७ मा गरिएको परीक्षणमा उनीहरुलाई क्षयरोगको संक्रमण रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले बताए । लामो समय देखि यहाँ क्षयरोगी बढी भएको अनुमान गर्दै शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालयले गरिरहेको परीक्षणमा पनि यहाँ १८ जना क्षयरोगका बिरामी भेटिएका थिए । उक्त परीक्षणले नपुगेपछि ठूलो शिविर सञ्चालन भएको… पुरा पढौ

आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुनेछ : प्रधानमन्त्री प्रचण्ड

रामेछाप/ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताउँदै आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुभएको छ। रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको उर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुनेमा जोड दिनुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, "मेरो भारत भ्रमणका क्रममा नै नेपालले दश वर्षमा दश हजार विद्युत… पुरा पढौ

बागलुङ जेसिजका अध्यक्ष गणेश महताेलाइ पदस्थापन

बागलुङ । बागलुङ जेसीजको ४६ औं पदस्थापना, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२३ मा विभिन्न विधाबाट उत्कृष्ट जेसीज सदस्यहरुलाई अवार्ड प्रदान तथा पुरस्कार वितरण कार्यक्रम गरिएको हो । बागलुङ जेसीज वर्ष २०२३ का शाखा अध्यक्ष सौरभ श्रेष्ठले वर्ष २०२४ का शाखा अध्यक्ष गणेश महतोलाई पदस्थापन गराएका थिए । कार्यक्रममा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित सौरभ श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रम नेपाल जेसीजका अध्यक्ष रविन पोखरेल, बागलुङ नगरपालिकाका प्रमुख बसन्त श्रेष्ठ, नेपाल जेसीज क्षेत्र… पुरा पढौ

भारतीय विदेशमन्त्रीद्वारा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता

काठमाडौं / भारतीय विदेशमन्त्री एस जयशंकरले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन । दुई दिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका उनले शितल निवास पुगेर राष्ट्रपति पौडेल र सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल–भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य आवश्यक रहेको बताएका छन । राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय नेपाल र भारतको साझा मुद्दा  भएको भन्दै मिलेर काम गर्न आग्रह गरेका… पुरा पढौ

लिच्छविकाल ढुङ्गे धारा भेटिएपनि पुरातात्त्विक विभागकाे ध्यान गएन ?

काठमाडौ / धार्मिक र सांस्कृतिक रूपले परिचित चन्द्रागिरि नगरपालिका ६ चन्दन भराटेश्वर मन्दिर प्राङ्गणकाे पार्बति कुण्ड गहिराे बनाउदा केही बर्ष अघि भेटिएकाे ढुङ्गे धारा लिच्छवि कालिन रहेकाे पुरातात्त्विक बिदकाे भनाई छ। पुरातात्त्विक र धार्मिक एतिहासिक महत्त्व बाेकेकाे चन्दन भराटेश्वर मन्दिर प्राङ्गण संरक्षणकाे लागि कामहरू सुरू गरेकाे चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्जय सिग्देलले बताए । यस ठाउँको संरक्षणको जिम्मेवारी पाएकाे पुरातत्त्व बिभाग र गुठि संस्थान लाई उत्खनन र संरक्षणको लागि पटक पटक वडा कार्यालय बाट पत्राचार गरि… पुरा पढौ