बागलुङ नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ परिक्षण

-


     हिडन खबर    
     वैशाख १५ गते २०८१ मा प्रकाशित


बागलुङ /बागलुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर १२ अमलमाचौरमा स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अमलाचाैरकाे ढकाल थरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको हाे ।कार्यक्रममा ११० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

सुगर जाँच, पिसाबमा एल्बुमिन प्रोटिन जाँच, रक्तचाप जाँच तथा अन्य शारिरिक परिक्षण गरी निशुल्क औषधि वितरण गरिएको बागलुङ नगर स्वास्थ शाखाजनस्वास्थ्य अधिकृत डिल्लि प्रसाद आचार्यले बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद शर्मा, स्वास्थ्य कार्यालय बागलुङका क्षय कुस्ठ निरिक्षक देव प्रकाश घिमिरे, सि.अ.हे.ब अधिकृत बिष्णुनाथ सापकोटा अमलाचौर स्वास्थ्य चौकी प्रमुख कृष्ण पौडेल, सि.अ.हे.व खिमा राना र अ.न.मि अपेक्षा रिजालले सेवा प्रदान गर्नुभयको थियो ।