कलाकार एलिना चाैहान बने सिवाइसी सहकारीको शेयर सदस्य

-


     हिडन खबर    
     वैशाख १४ गते २०८१ मा प्रकाशित


बागलुङ ।घर घरमा पुग्ने लक्ष्य, खुसी र समृद्ध सदस्य भन्ने नारा साथ सिवाईसी साकोस, मुक्तिनाथ सदस्य सेवाकेन्द्र, बागलुङले नयाँ बुहारी स्वागत कार्यक्रम अन्तर्गत कलाकार एलिना चाैहानलाइ सहकारीमा स्वागत गरेको छ ।

केही दिन अघि मात्रै बागलुङका युवा बिष्णु सापकोटा संग बिवाहा गर्नु भएका राष्ट्रिय कलाकार चौहान सहकारीकाे स्वागत लगत्तै सिवाइसी साकोस मार्फत शेयर सदस्य बन्नु भएको हाे ।

कलाकार चाैहान संस्थामा सहकारी सिद्धान्त, मूल्य – मान्यता तथा सिवाईसी का नीतिनियम, निर्देशिकाहरुलाई आत्मसात गरी सहकारी अभियानमा सहभागी बन्न शेयर सदस्य बनी रू १ लाख रूपैयाँ शेयर जम्मा गर्नुभएको चाैहानकाे शेयर सदस्यता नम्बर ००१००५५५८ कायम भएको सिवाइसी साकाेसका अध्यक्ष चण्डी प्रसाद शर्माले बताउनुभयो ।

कलाकार चाैहान शेयर सदस्य बने लगत्तै पानसमा दीप प्रज्वलन गरी कारोवारको शुभारम्भ गर्नुभएकाे थियोे ।