समाचार

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १२ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताउनुभयो । “नेपाललाई अझै पनि ऋणमा अझै सहुलियत आवश्यक छ, तर एआइआइबीसँग यस्तो व्यवस्था छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई… पुरा पढौ

चिकित्शा शिक्षा आयोगकाे अव्यवाहारिक कारणले बन्द भएका शिक्षण संस्था संचालन हुदै

काठमाडौं / चिकित्शा शिक्षा आयोगका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा वसेको बैठकको निर्णय अनुसार विगतमा चिकित्शा शिक्षा आयोगको अव्यवाहारिक आन्तरिक कार्यविधिका कारणले वन्द रहेका शिक्षण संस्थाहरु २०८१ देखि संचालन हुने भएका छन् । प्राविधिक एस.एल.सि. तहका कार्यक्रमहरुको स्तर उन्नति को प्रकृया यस अघि नै सम्पन्न भैसकेको छ यसरि, चिकित्शा शिक्षा सरोकार संघर्ष समितिले विगतको संघर्ष मार्फत सडक, सरकार तथा सदनमा एकैसाथ उठाएका मागहरु क्रमस सम्वोधन भैरहेकाेचिकित्शा शिक्षा सरोकार संघर्ष समिति नेपालका संयोजक निर्मल सापकोटाले बताउनुभयो । आगामि शैक्षिक… पुरा पढौ

होली पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावनालाई प्रतिनिधित्व गर्छ : प्रधानमन्त्री

काठमाडौँ, ११ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत बताउनुभएको हो । “पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा… पुरा पढौ

बाँदरकाे आतंक राेक्न किसानलाई भाेटे कुकुर

अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँ पालिकामा बाँदरलेकिसानले लगाएको अन्नबाली नष्ट गरेकाे भन्दैबाँदरको आतंक राेक्न किसानलाई भाेटे कुकुर बाड्न शुरू गरिएको छ । किसानले दुख गरेर खेतबारीमा लगाएको अन्नबाली, फलफूल तरकारी बाँदरले नोक्सानी गरेर हैरानी पारेपछि त्यसको रोकथामका लागि कुकुर बाँड्न थालिएको पाणिनि गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए । यसअघि बाँदर धपाउनका लागि यस क्षेत्रका किसानका हातमा प्लास्टिक–पाइपबाट बनाइएका बन्दुक दिएपनित्यो प्रभावकारी भएको नदेखिएकाे ।खेतबारीमा काँडेतार लगाएर पनि बाँदरबाट बाली जोगाउने उपाय अपनाइएको थियो । तर, केही गरे पनि बाँदर नियन्त्रण… पुरा पढौ

टेलरिङ व्यवसायी संघ बागलुङकाे अध्यक्षमा प्रेमा श्रीस निर्वाचीत

बागलुङ / बागलुङ टेलरिङ व्यवसायी संघकाे तेस्रो साधारण सभा तथा दाेस्राे अधिवेशन बाट प्रेमा श्रीस अध्यक्षमा निर्विराेध निर्वाचित हुनु भएकाे छ । अधिबेशनबाट समितिमा बरिष्ठ उपाध्यक्ष राज कुमार बर्देवा,उपाध्यक्ष दिपा पाइजा,सचिब कृष्ण समीर,सह सचिब लक्ष्मी श्रेष्ठ ,कोषाध्यक्ष पार्बती पुन ,सह काेषाध्यक्ष रिता थापा मगर, सदस्यहरुमा रिमा कुमारी थापा , शान्ती नेपाली,मिमा गुरुङ ,मन कुमारी पुन, धन माया खत्री,र पबीत्र शर्मा रहनु भयकाे छ । बागलुङ उधाेग बाणिज्य संघकाे सभाहलमा सम्पन्न भयकाे कार्यक्रममा बागलुङ नगरपालीकाका उप प्रमुख राजु खडका, नेपाल टेलरिङ्ग… पुरा पढौ

बागलुङको निसीखोलामा १४ वर्षीय बालिकालाई गर्भवती बनाएर एक युवा फरार

बागलुङ । बागलुङ जिल्लाकाे निसीखोला गाउँपालिका – ३ झिवाखोलाकी १४ वर्षीय बालिकालाई करणी गरी गर्भवती बनाएर एक युवा फरार भएका छन्। निसीखोला गाउँपालिका १ देवीस्थान खारा बजारका करिव ३० वर्षीय विजय शाही फरार भएका हुन् । गर्भपत गराउने प्रयास असफल भएपछि शाही फरार भएको जनाइएको छ । बालिकालाई सुत्केरी व्यथा लागेपछि हिजो धौलागिरि अस्पतालमा भर्ना गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्तीले बताउनुभयो । उपाध्यक्ष घर्तीकाे पहलमा बालिकालाई बिहीबार धौलागिरि अस्पतालमा भर्ना गरिएको छ । पीडित बालिकाकी आमाले शुक्रबार जिल्ला प्रहरी… पुरा पढौ

सिवाइसी साकोसमा व्यवसाय विकास सेवा कक्ष स्थापना

बागलुङ / बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थामा व्यवसाय विकास सेवा कक्ष स्थापना गरिएको छ । अमेरिकी अन्तर्राष्टिय सहयोग नियोग ९यूएसएड० र नेफ्स्कूनको सहयोगमा व्यवसाय विकास सेवा कक्ष स्थापना गरिएको हो । सेवा कक्षको यूएसएडका नेपाल प्रमुख एग्नेस लुजले एक समारोहका विच उद्घाटन गर्नु भएको हो । यूएसएड र नेफ्स्कूनको सहयोगमा देशका विभिन्न ३१ सहकारीमा व्यवसाय विकास कक्ष स्थापना गर्ने योजना अनुसार सिवाइसी सहकारीको केन्द्रिय कार्यालय हल्लनचोकमा स्थापना गरिएको छ । सो अबसरमा बोल्दै युएसएआइडीका नेपाल प्रमुख एग्नेस लुजले… पुरा पढौ

‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ, प्रणाली सुधार्न निर्देशन

काठमाडौँ, ९ चैत : यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण(टेक्निकल अडिट) बारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराइएको छ । प्रधानमन्त्री कार्यालयको संयोजकत्वमा सूचना प्रविधि विभागले गठन गरेको प्राविधिक परीक्षण समितिले आज प्रधानमन्त्री प्रचण्डलाई भेटी ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण प्रतिवेदन बुझाउँदै विभागको प्राविधिक अवस्थाबारे जानकारी गराएको हो । प्रतिवेदनमा तत्काल गर्नुपर्ने सुधार र दीर्घकालिनरूपमा गर्नुपर्ने प्राविधिक सुधारका विषयमा सुझाव दिइएको छ । प्रतिवेदन बुझेसँगै प्रधानमन्त्री प्रचण्डले प्राप्त प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनमा लैजाने बताउँदै प्रणालीमा… पुरा पढौ

श्रीरंगवैंकटेश मुक्तिनारायण भगवानकाे ३७ आ‌ैं ब्रह्माेत्सव

बागलुङ / धार्मिक तथा सांस्कृतिक पर्यटकीय केन्द्रका्े रूपमा स्थापित हुदै गइरहेको बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले फेदीमा श्रीरंगवैंकटेश मुक्तिनारायण भगवानकाे ३७ आ‌ैं ब्रम्हाेत्सव श्री शालग्राम महाेत्सव २०८१ बैशाख १ गतेदेखि ५ गतेसम्म भब्य रूपमा मनाउने तयारी भएको छ । कार्यक्रमकाे पहिलो दिन बैशाख १ गते कालीका भगवती मन्दिर देखि कुँडेले फेदीसम्म डाैड प्रतियोगिता ,शालग्राम संग्राहलय परिसरमा निर्माण भएको नयाँ मण्डपकाे उद्घाटनहरेक दिन रथ यात्रा ,रामनवमीका दिन रथ यात्रा,श्रीधराचार्य को सालिक अनावरण ,हरेक दिन बाल्मिकी रामायण प्रवचन ,बिभिन्न भजन टाेलीबाट… पुरा पढौ

शैक्षिक ‘कार्यतालिका’ प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न दिर्नेशन दिनुभएको छ । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहनीय रहेको बताउनुभयो । नर्सिङ क्षेत्रमा आएका समस्या समाधानका लागि आयोगबाट गठित कार्यदलको प्रतिवेदनले ठोस सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिवेदनका सही सुझावहरूलाई कार्यान्वयनमा लैजान दिर्नेशन दिनुभयो । “वार्षिक शैक्षिक क्यालेण्डर तयारी र कार्यान्वयनमा आयोगले दिएको प्राथमिकता सराहानीय कार्य हो,” प्रधानमन्त्री… पुरा पढौ