समाचार

शान्ति प्रक्रिया बारे छलफल बालुवाटारमा

काठमाडौ / शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। पुरा पढौ

ग्लोबल बैंक बागलुङका शाखा प्रबन्धक लाई ज्यान मार्ने धम्की

बागलुङ / ग्लोबल आइएमी बैंक बागलुङ शाखाका प्रबन्धक हेमराज शर्मालाई पर्वत जिल्ला कुश्मा नगरपालिकाका ब्यवसायी रामकृष्ण मल्लले ज्यान मार्ने धम्की दिएकाे भन्दै प्रहरीमा उजुरी गरेको छ । पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १ शहश्रधारास्थित क्रस उद्योग संचालन गर्ने ब्यवसायी मल्लले बैकर्स बागलुङ अध्यक्ष तथा ग्लोबल आइएमी बैंकका प्रबन्धक शर्मालाई माेवाइ फाेन मार्फत पटकपटक धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित रूपमाउजुरी दर्ता गरे बैंकर्स बागलुङ उपाध्यक्ष विकास पाैडेलले बताए । ग्लोबल आइएमी बैंकका शाखा प्रबन्धक शर्मालाई ज्यान मार्ने… पुरा पढौ

बागलुङको दब्ल्याङको पहिरो नियन्त्रणको काम सुरु

बागलुङ । बागलुङ नगरपालिका – १० गलुवाको दब्ल्याङमा खसेको पहिरो नियन्त्रको काम थालिएको छ । बागलुङको दक्षिण भेगको मुख्य समस्याका रुपमा रहेको पहिरो नियन्त्रण गर्न बागलुङ नगरपालिकाले उपभोक्ता समितिमार्फत् काम थालेको हो । वर्षा याम शुरूवात भए संगै आकाशबाट पानी परेपछि भइरहेको सडकको काम अबरुद्ध हुन लागेको भन्दै प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी प्रमुख ,सुरक्षा निकाय बागलुङ नगरपालिका ,जिल्ला समन्वय समिति पत्रकारकाे टाेली पुगेर सडकको अनुगमन निरक्षण गरेर जथाभावी रूपमा बगाएको पानी नियन्त्रण गरेर सडक अबरुद्ध नगर्न निर्देशन दिएको छ… पुरा पढौ

बागलुङमा आकस्मिक स्वास्थ जनचेतना

बागलुङ / बागलुङमा आकस्मिक स्वास्थ सम्बन्ध जनचेतनामूलक कार्यक्रम बागलुङ सदरमुकामकाे धाैलागिरि बहुमुखी क्याम्पस प्राङ्गणमा सम्पन्न भएको । नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखाकाे आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी विपद ब्यवस्थापन गुल्मकाे प्राविधिक सहयोग ,धाैलागिरि बहुमुखी क्याम्पस रगण्डकी प्रदेश स्वास्थ्य कार्यालयकाे समन्वयमा भएको कार्यक्रममा अहिले बर्षाकाे माैसममा गाउँ घरमा आउने खानेपानी कसरी दुसीत हुन्छ त्यसलाई कसरी शुद्व पिउने बनाउने भन्ने जानकारी गराउने काम भएको थियो । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठले अहिले रेडक्रस लगायतका सराेकारवाला संस्थाले सार्वजनिक रूपमा सबैलाई जानकारी… पुरा पढौ

नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दिए गितार उपहार

काठमाडौ / नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बधाइ दिनुभएको छ। उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिनुभएको छ। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताउनुभयो। सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गर्नुभयो। पुरा पढौ

नेपालका नदीनाला नेपालकै सम्पत्ति

काठमाडौँ, ११ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, “नेपालका नदीनाला नेपालकै हुन्, नेपालकै सम्पत्ति हुन्, नेपालले नै उपभोग गर्ने हो, यसमा स्पष्ट हुनुपर्छ ।” आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको विनियोजनका सम्बन्धमा सांसदहरूले राख्नुभएको पूरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय र आर्थिक सुशासनका सम्बन्धमा राम्रा कामहरू भएको स्पष्ट पार्नुभयो । आगामी आर्थिक वर्षको बजेट… पुरा पढौ

विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकता

काठमाडौँ, ११ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदुत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताउनुभयो । उहाँले विदेशमा हुने मृत्यु तथा कानूनी सजायका सम्बन्धमा उक्त मुलुकको कानून बमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा… पुरा पढौ

बजेट तुलनात्मकरूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

काठमाडौँ, ११ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताउनुभएको छ । आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताउनुभयो । “आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक… पुरा पढौ

नेपाल आ‌ैषधि ब्यवसायी संघ गण्डकी प्रदेशको अधिवेशन सम्पन्न

कास्की / नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट केसरी प्रसाद तिवारीकाे अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्ष : दयानिधि पौडेल उपाध्यक्ष (थोक) ,लक्ष्मी नारायण पराजुली उपाध्यक्ष(खुद्रा) ,धनु देबी पिया ,महासचिव ,संजिव देवकोटा ,कोषाध्यक्ष , सुरेन्द्र कुमार अग्रवालल सचिव: संगम बाबु श्रेष्ठ, उप कोषाध्यक्ष,यज्ञ प्रसाद शर्मा , सदस्य (थोक) मिलन श्रेष्ठ ,सदस्य(थोक) दुर्गा प्रसाद अधिकारीसदस्य (खुद्रा) कमला भण्डारी ,सदस्य(खुद्रा) चन्द्र राज रेग्मी,सदस्य(महिला) : उर्मिला बस्नेत रानाभाट सदस्य नरहरी पनेरु,दिर्घ नारायण मरासीनि ,राम बहादुर बल्कोटीर गणेशमान… पुरा पढौ

पन्चकाेटमा भएको गडबडी भएको भन्दै भ्रष्टाचार बिरूद्व नागरिक अभियान अख्तियार जाने ?

बागलुङ / भ्रष्टाचार बिरूद्व नागरिक संस्था बागलुङले पन्चकाेटकाे अहिले सम्मको हिसाबकिताब पारदर्शी नभएको भन्दै छानबिन गर्न माग गरेको छ । भ्रष्टाचार बिरूद्व नागरिक संस्थाका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठकाे अध्यक्षतामा भएको बैठकले बागलुङ नगरपालिका वडा नम्बर ६ सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म भएको अनन्त श्री ब्राह्मण्डीय महायज्ञमा अनियमितता भएको भन्ने व्यापक जन गुनासो आएको कारण छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पाेखरामा लिखत रूपमा उजुरी गर्ने निर्णय भएको छ । झण्डै ११ बर्ष देखि पन्चकाेट निर्माणकार्यमा अनियमितता भएको… पुरा पढौ