बागलुङमा २४ बर्षपछि पुनः  ऐतिहासिक एकादशी मेला शुरू

-


     हिडन खबर    
     कार्तिक २७ गते २०८१ मा प्रकाशित



बागलुङ कात्तिक २७

बागलुङको निरयघाटस्थित नेपाल कै एकमात्र पवित्र नदि कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको हरिबोधिनी एकादशी मेला यस वर्षदेखि पुन: सुरु गरिएको छ ।

बागलुङको कालीगण्डकी नदि ततमा हरेक बर्ष लाग्ने ऐतिहासिक एकादशी मेला २४ बर्ष पछि पुन शुरूवात गरिएको छ ।

२०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको थिएन । तर यस वर्ष स्थानीय अगुवाहरूले मेला आयोजना गरेका छन् ।

त्यसका लागि हरिबोधनी एकादशी मेला संरक्षण समिति गठन गरिएको छ । औपचारिक रूपमा करिब २४ वर्षसम्म रोकिएको मेला यस वर्षबाट पुनः सञ्चालन गर्ने गरी सुरु भएको राधाकृष्ण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले बताए ।

विगतमा मेलामा हजारौंको भीड लाग्ने गर्दथ्यो । किनमेल तथा भेटघाटका लागिसमेत उक्त मेला प्रसिद्ध थियो । हजारौंले नागरिकले डोलामा तोरण बोकेर मेलामा लगिने र मेलाको अवसरमा कालीगण्डकीमा तार्ने परम्परा धेरैको आकर्षणको केन्द्र थियो तर शान्ति सुरक्षा र द्वन्द्वका कारण २४ वर्षयता हुननसकेको मेला शुरूवात हुन सकारात्मक पक्ष भएको पुर्व सांसद मनकुमारी केसीले बताए ।

मेलालाइ सम्पन्न गर्न कालीगण्डकी नदि माथि भएको झारपाट फाेहाेर मैला लायन्स क्लब र सशस्त्र प्रहरीको सक्रियता सफाइ गरेको लायन्स क्लब बागलुङ कालीकाका
सुशील पन्तले बताए ।

‘२०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको छैन । एकादशीको दिन कालीगण्डकीमा नुहाउन जाने परम्परा रहे पनि संस्थागत रूपमा मेला सञ्चालन हुननसकेपछि पहिलेकै अवस्थामा मेला आयोजना गरिएको छ ।

बाबियो र कुशबाट बनाइने तोरण एक सय ८ मिटरभन्दा बढी लामो बाटिएकाे छ । तोरणलाई वैदिक रूपमा निर्माण गरिनेछ ।

२०५७ सालअघि एक युवाको छुरा प्रहार गरी हत्या प्रयाससमेत भएपछि रातिमा लाग्ने मेला क्रमशः हराउँदै गएको जानकारहरू बताउँछन् । रातभर जाग्राम बसेर भजनकिर्तन गर्ने र बिहान कालीगण्डकीमा स्नान गर्ने, तोरण तान्ने र पूजाअर्चना गर्ने, किनमेल गर्ने हरीबोधनी एकादशी मेलालाई २४ वर्षपछि आयोजना गर्न विभिन्न उपसमितिसमेत गठन गरिएका छन् ।

मेलाका लागि तोरण संयोजक, भजन संयोजक, आर्थिक व्यवस्थापन संयोजक, दीप संकलन, गङ्गा पूजन र सरसफाइलगायत कार्यक्रमका लागि उपसमितिसमेत गठन गरिएका छन् ।

आरती वाचक तथा गायक रमेश खड्काले पुर्खाैँदेखि लाग्दै आएको मेला नेपालकै ठूलो मेलामध्येको एक रहे पनि पछिल्लो समय हराउँदै गएकामा सबै जनाको सल्लाहबमोजिम पुनः सुरु गर्न लागिएको बताए । मेलाको अवसरमा कालीगण्डकी पुजन, कालीगण्डकी सरसफाइ र दीपसमेत प्रज्वलन गरिएकाे छ ।