रवि लामिछाने लाई १३ दिन म्याद थप

-


     हिडन खबर    
     कार्तिक २५ गते २०८१ मा प्रकाशित


२५ कात्तिक, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई थप १३ दिन हिरासतमा  रहने भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हाे  ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।


अनुसन्धान नसिद्विएकाे भन्दै लामिछाने लाई अदालत पटकपटक म्याद थप गर्दै आएको छ ।