समाचार

सिमा सुनिता र सुस्माकाे दमाैलीमा गेट सार्वजानिक

प्रत्यक्ष लोक दोहोरी को क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायिकाहरु सुस्मा शाही ठकुरी , सुनिता बागदास र सीमा थापाको "दमौलीमा गेट" सार्बजानिक भएको छ । सुस्मा शाही ठकुरीकाे शब्द राजेन्द्र कुमार कार्कीकाे संगितमा रहेकाे गितकाे आवाजमा राजेन्द्र कुमार कार्की अमृत खाती, चन्द्र शर्मा , सुस्मा शाही ठकुरी, सुनिता बागदास र सिमा थापाको रहेकाे छ । चर्चित माेडल तथा नायक लोमस शर्मा र मोडल जुना बिश्वकर्माको दमदार नृत्य रहेकाे भिडियाेकाे निर्देशनमाैसम हिमाली उत्सव दाहालकाे छाँयाङकन र मनाेज कार्किकाे सम्पादनमा रहेकाे म्युजिक… पुरा पढौ

दोलखाको भीमेश्वर मन्दिरको शिलामा लगातार पसिना

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा लगातार पसिना आइरहेको छ।भीमेश्वर मन्दिरको शिलामा शनिबार दिउँसो १ः४७ बजेबाट पसिना आउन सुरु भएको हो। शिलाबाट निस्कने तरल पदार्थलाई पसिना मान्ने गरिएको छ। शिलाको बाँयातर्फबाट पसिना आएको भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले जनाएको छ। समितिका अध्यक्ष भरत श्रेष्ठले पसिना आउने क्रम अझै जारी रहेको बताएका छन्। भीमेश्वरको शिलामा बायाँतर्फबाट पसिना आएमा जनतालाई अनिष्ट हुने दावी गर्ने गरिएको छ। भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर… पुरा पढौ

दुई सातापछि संचालनमा आयो कालिगण्डकी करिडोर बागलुङ खण्ड 

बागलुङ- दुई साता अघिदेखि पहिरोले अवरुद्ध भएको कालीगण्डकी करिडोर बागलुङ खण्ड संचालनमा आएको छ । बागलुङ नगरपालिका वडा नम्बर १० दब्ल्याङको पहिरोले सडक बगाउँदा सडक अवरुद्ध भएको थियो । पहिरो हटाएर शुक्रबार विहान देखी एक तर्फि रुपमा सडक संचालन गरिएको हाे ।  करिडोर बागलुङ खण्डको सडक अवरुद्ध हुँदा दक्षिण बागलुङको यातायात ठप्प भएको थियो भने सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको थियो । पहिरोका कारण कालिगण्डकी करिडोर सँगै बागलुङ, मालढुंगा कुश्मिसेरा सडक खण्ड पनि अवरुद्ध बनेको थियो । तत्कालका लागि कालिगण्डकी करिडोर… पुरा पढौ

बिधालयमा खानेपानी ल्याउन अभिभावकको जनश्रमदान

बागलुङ / पछिल्लो समय नेपाली समाजमा अर्म, पर्म, चौतारी पोखारी पाटी पौवा बनाउने समुहमा काम गर्ने तथा कसैको काममा सबैले सहयोग गर्ने चलन बिस्तारै लोप हुँदै गइरहेको समयमा बिद्यालयमा खानेपानी ल्याउन जनश्रमदानमा अभिभावक जुटेका छन् । बागलुङ नगरपालिका ५ स्थिति श्री कृष्ण आधारभूत बिधालयका अभिभावकहरू नगरपालिकाले दिएको बजेटले खानेपानी योजना सम्पन्न गर्न नसकिएपछी आफै श्रमदानमा जुटेका हुन् । सेवाक्षेत्र भित्रका ४२ घरपरिवारले बिहान बेलुका नभनी बिबिधालयमा खानेपानी ल्याउन अभिभावकहरू बिधालयमा पानि ल्याउन लागि परेको बिधालयका शिक्षक घनश्याम रिजालले बताए ।… पुरा पढौ

श्रावण ८ गतेदेखि १० गतेसम्म कुडुलेफेदीमा अवताराेत्सव हुने

बागलुङ ।श्रीरङ्गवेङ्कटेशमुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुडुलेफेदीम बागलुङमा यहीँ श्रावण ८ गतेदेखि १० गतेसम्म श्रीश्रीधराचार्य अवताराेत्सव २०८१ भब्य रूपमा मनाउने भएको छ । श्रीश्रीधराचार्य त्रिदण्डी रामनुज जीयर स्वामीजी महाराजकाे८५ आ‌ैं जन्मनक्षेत्रकाे पाबन अवसरमा यहीँ श्रावण ८ गतेदेखि १० गतेसम्म ३ दिने अवताराेत्सवकाे आयोजना गरिएको ऋषि स्वामी प्रपन्नाचार्यले बताए । श्रावण ८ गते श्रीमद्भागवतगीता श्रीभाष्यादि ग्रन्थको पारायण एवम् प्रवचन श्रावण ९ गते पाठ प्रवचन एवम् निशुल्क आँखा शिविर श्रावण १० गते श्री १००८ केशवाचार्य स्वामीजी महाराजलाई अभिनन्दन गर्ने लगायतका कार्यक्रम तय गरिएको… पुरा पढौ

कालीका भगवती गुठीको हिसाबकिताब सार्वजनिक

बागलुङ / कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले असार महिनाको आम्दानी खर्चको हिसाबकिताबसार्वजनिक गरेकाे छ । कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले असार महिनामाआम्दानी १४ लाख २७ हजार ३ सय १० रूपैयाँ र खर्च ४३ लाख १० हजार ४ सय ५० रूपैयाँ भएको हिसाब अनुमाेदन गरेको छ ।असार महिनामा २८ लाख ८३ हजार १ सय ४० रूपैयाँ आम्दानी भन्दा बढी खर्च भएको कालीका गुठीका अध्यक्ष कुमार खड्काले बताए । असार महिनामा कालीका भगवती मन्दिरमा भक्तजनले चढाएको… पुरा पढौ

बागलुङ सदरमुकाममा खानेपानीको हाहाकार

बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत बागलुङ नगरपालिका भित्र वितरण गर्दै आएको योजनाको पानी लगातार रूपमा परेको बर्षाकाेकारण ठाउँ ठाउँमा ल्याइएको मुहानबाट पानी नआएपछिबजारमा खानेपानीको हाहाकार मच्चिएको छ । बागलुङका उपभोक्तालाई शुद्व खानेपानी खुवाउने कबाेलका साथ आएको नयाँ कार्यसमिति समेत यतिबेला खानेपानी खुवाउने काममा भन्दा पनि राजनीति खिचातानीमा लागेको कारणले खानेपानी ल्याउने काममा लागेको देखिदैन । निर्वाचित अध्यक्ष केवी राना मगरले खानेपानी समिति भित्र खिचातानी भएपछि काम गर्ने वातावरण नभएको भनी केही महिनाअघि पदबाट राजीनामा दिएपछि… पुरा पढौ

फिल्म ‘एक्टर’को छायांकन  ४५ दिनमा सम्पन्न, जापान प्रदर्शन अधिकार बिक्री

काठमाडौं । छायांकन अगावैबाट चर्चामा रहेको फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पुर गरिएको हो । पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै फिल्मको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । 'समय लगाएरै फिल्मको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी… पुरा पढौ

‘कार्साङ’को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु

काठमाडौँ । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो। यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ । यस फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई फिल्मको वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो । केही महिना अघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमुर्हत गरिएको फिल्म यसै साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण… पुरा पढौ

जिल्ला ट्राफिक बागलुङद्वारा एक करोड बीस लाख राजस्व संकलन

बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सङ्कलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व सङ्कलन बढ्दो क्रममा छ । आव २०७८/७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार सङ्कलन भएको थियो । चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जीप र सबैभन्दा कम बस चालकलाई कारबाही… पुरा पढौ