घर दैलोमै वित्तीय सेवा पु¥यान सहकारीको महत्वपुर्ण भूमिका छ पौडेल

-


     हिडन खबर    
     पौष ९ गते २०८१ मा प्रकाशित


बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न भएको छ ।

सभामा बोल्दै नेकमा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋृण लगेका केही व्यक्तिको अराजकताले अर्थ प्रणालीमा समस्या आएकोले जनताको रकम सुरक्षण गर्न राज्य अगाडि आउनु पर्ने बताउनु भएको छ ।

वित्तीय क्षेत्रबाट लगेको पैसा तिर्दिन भन्ने हल्लाको कारण नेपालका केही सहकारीमा समस्या आएकोले सहकारीहरुमा आम नागरिकको बचतको पैसा भएकोले छुट कसैलाई नहुने बताउनु भयो ।

संघीय सांसद तथा सस्थाका सल्लाहकार समेत रहनु भएका पौडेलले जनताको घर दैलोमै वित्तीय सेवा पु¥यान सहकारीले महत्वपुर्ण भूमिका खेलेको भन्दै नराम्रो गर्ने थोरै सहकारीको कारण राम्रो गरिरहेका धेरै सहकारी छाँयामा परेको बताउनुभयो ।

बागलुङमा केन्द्रिय कार्यालय रही तीन जिल्लामा २५ सेवा केन्द्रका २६ हजार बढी सदस्यहरुलाई सिवाइसीले वित्तीय क्षेत्रमा गरेको काम देश भर चर्चा हुने गरेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा सिवाईसी नेपाल लघुवित्त संस्थाका अध्यक्ष पद्यनाथ शर्मा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, बागलुङ नगरपालिकाका पूर्वनगरप्रमुख जनकराज पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’, शेयर सदस्यको तर्फबाट भिमलाल पोखरेल, सिवाईसी साकोस बरेङ सदस्य सेवा केन्द्रका संयोजक मदनबहादुर कार्की, नवमालिका सदस्य सेवा केन्द्रका संयोजक बलाराम सापकोटा, निसीखोला सदस्य सेवा केन्द्रका संयोजक हुतराज भुषाल, गुप्तेश्वर सदस्य सेवा केन्द्रका किशोर भण्डारी, बेनी सदस्य केन्द्रका संयोजक भिमबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहकारीका सचिव ज्ञानेन्द्रराज पन्तको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मोहन प्रसाद उपाध्यायको आर्थिक प्रतिवेदन, लेखासमितिका संयोजक पदम पाणी शर्माको लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष सिता देवी सापकोटाको स्वागत तथा सचिव ज्ञानेन्द्रराज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा उत्कृष्ठ सेवा केन्द्र प्रमुख मध्ये ढोरपाटन सदस्य सेवा केन्द्रका प्रमुख गंगा देवी थापा र उत्कृष्ट सेवा केन्द्र नमुना स्वाभिमान सदस्य सेवा केन्द्र बडिगाडलाई नगद सहित सम्मान गरिएको थियो ।
बागलुङमा केन्द्रीय कार्यालय रही बागलुङ, पर्वत र म्याग्दीमा २५ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको सस्थाले सेवा केन्द्रमा इकाइ साधारण सभा गरी सबै सेवा केन्द्रका संयोजक तथा साधारण सभाबाट छनोट भएर आएको प्रतिनिधि संचालन समिति लेखा सुपरिवेक्षण समिति लगाएतको सहभागितामा सोमबार प्रमाणिकरण सभा गरी १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

मंसिर ८ गतेबाट सुरु भएको सस्थाको १५ औँ वार्षिक साधारण सभा अन्तर्गत तीन चरणमा विभिन्न सेवा केन्द्रमा साधारण सभा आयोजना गरेको थियो ।

साधारण सभाको अवसरमा सेवा केन्द्रको आर्थिक वर्ष ०८० र ८१ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष ०८१ र ८२ को प्रस्तावित नीति तथा कार्यक्रमहरुको बारेमा सम्वन्धीत सेवा केन्द्रका सचिवहरु र आर्थिक वर्ष ०८० र ८१ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष ०८१ र ८२ को प्रस्तावित आय व्ययको बारेमा सेवा केन्द्रका कोषाध्यक्षहरुले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसम्वत रुपमा पारित गरिएको छ ।