
काठमाडौं पुस १०
नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले सो पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट हटाउने निर्णय गरेको छ ।
यसैगरी बैठकले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।
आजको बैठकमा शुरुमा यी दुईलाई एक-एक तह घटुवा गर्ने प्रस्ताव थियो । तर, अन्तिममा निलम्बन गर्ने निर्णय गरिएको हो ।
काठमाडौं कीर्तिपुरको मैत्री नगरमा भाटभटेनी सुपर मार्केटका मालिक मीन बहादुर गुरुङले दान दिएको जग्गामा एमाले मुख्यालय बन्न लागेको विषयमा प्रतिक्रिया दिएको भन्दै तीनै जनालाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।









