बागलुङको गलकोटमा एक पुरुषको शव फेला 

-


     हिडन खबर    
     पौष ७ गते २०८१ मा प्रकाशित


बागलुङ पुस ७

बागलुङको गलकोट नगरपालिका वडा नम्वर ९ को खारखोलामा एकजनाको शव फेला परेको छ । 

गलकोट नगरपालिका वडा नम्वर ११ मजुवा स्थायी घर भई हाल गलकोट नगरपालिका वडा नम्वर ९ खारखोला बस्दै आउनुभएका ३९ वर्षिय नविन बस्यालको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

बिहान साढे ६ बजेको समयमा शव फेला परेको जानकारी प्राप्त भएसँगै प्रहरी घटनास्थलमा पुगेको थियो । शवलाई अहिले पोष्टमार्टमको लागि गलकोट नगर अस्पताल लगिएको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।