समाचार

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् भने चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङमा छ । यो ट्रेलर यतिबेला युट्युबको ट्रेन्डिङ नम्बर ६ मा रहेको छ साथै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । पुर्ख्यौली पेसा धानेर… पुरा पढौ

गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको मन्त्री पाठककाे दावी

लमजुङ, ३ कार्तिक गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उनले ६ महिनाभित्र, २ वर्षभित्र र ५ वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गरे । पत्रकार सम्मेलन गरेर नै कार्यक्रमबारे जानकारी दिइसकेको उल्लेख गर्दै अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । प्रदेश सरकार मातहतको लमजुङ जिल्ला… पुरा पढौ

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

काठमाडौं, ३ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उहाँले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाई भएको बताउनुभएको हो । नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष प्रचण्डले सन् २०१९ को उहाँको भ्रमण ऐतिहासिक रहेको बताउनुभयो । सो क्रममा धेरै समझदारी भएको… पुरा पढौ

पक्राउ पुर्जी जारी भएपछी रास्वपा सभापती तथा पुर्वगृहमन्त्री रवी लामिछाने ले लेखे यस्तो स्टाटस

सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब… पुरा पढौ

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ

काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ… पुरा पढौ

गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड

काठमाडौं, २ कार्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गम्भीर आत्मसमीक्षाका साथ समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ । हिन्दु इकोनोमिक फोरमले आज काठमाडौं गरेको ‘विजिनेस मिट २०२४’ को उद्घाटन गर्दै उहाँले सामान्य व्यापारिक गतिविधि वा सानो आर्थिक वृद्धिले जनताको आवश्यकता पूरा गर्न नसक्ने भएकाले अब गम्भीर आत्मसमीक्षासहित रुपान्तरणकारी परिवर्तनमा जोड दिनुपर्ने बेला आएको बताउनुभएको हो । नेपाल लामो समयसम्म राजनीतिक परिवर्तनको आन्दोलनमा केन्द्रित भएकाले आर्थिक समृद्धितर्फ ध्यान जान नसक्नु अस्वभाविक नभए पनि राजनीतिक… पुरा पढौ

चलचित्र ‘कर्मा’ चैत २९ मा रिलिज हुने

काठमाडौं। चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ । ‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन्, उनले यसअघि चलचित्र ‘अगस्त्य: च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफ पाएका थिए। निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनले नै… पुरा पढौ

एक्टर:टेक वन,काे प्रदर्शन मिति हेरफेर

काठमाडौ / अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको हो। अब यो चलचित्र माघ १६, २०८१, बुधवारका दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ। चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर… पुरा पढौ

काेजाग्रत पूर्णिमाकाे मेला र पालिका कप ८१ काे तयारी पुरा

बागलुङ / बिगतका वर्षहरु जस्तै यस वर्ष पनि बागलुङको बुर्तिवाङ राईजिङ युवा क्लवले कोजाग्रत पुर्णिमा आयोजना गरेको मेलाकाे सम्पुर्ण तयारी पुरा भएको छ । कार्तिक १ गते देखि ७ गते सम्म आयोजना गरिने मेला विभिन्न मनाेरन्जनात्क कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।पुर्णिमा मेलामा चर्चित कलाकार यसकुमार र स्मृति प्रधान देखि राजेश बर्देवा र समिक्षा अधिकारीले मनोरन्जन दिने आयोजकले जनाएको छ । खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता , खुल्ला सामुहिक नृत्य प्रतियोगिता , खुल्ला एकल नृत्य प्रतियोगिता पुरुष महिला रस्साकस्सी ,… पुरा पढौ

बागलुङमा ६९ आ‌ैं प्रहरी दिवस

बागलुङ असाेज ३० जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा नेपाल प्रहरीको ६९ आ‌ैं प्रहरी दिवस बिबिध कार्यक्रम गरि मनाइयो । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङआयोजना गरिएको कार्यक्रममा विभिन्न बक्ताहरूले प्रहरीकाे भुमिका सकारात्मक रहेको प्रहरी दबाब र प्रभाव बाट मुक्त भएर काम गर्न सकेको खण्डमा जस्तोसुकै अपराध पनि नियन्त्रण गर्न सक्ने धारणा राखेका थिए । केही दिनअघि परेको बर्षाले धेरै ठाउँमा धनजनको क्षति पुर्याएकाे पछिल्लो पटक भने बागलुङमा कम मात्रामा पानी पर्दा केही राहत भएको बरू काठमाडौंमा बढी पानीले क्षति… पुरा पढौ