सिवाईसीको १६ औँ स्थापना दिवसस बाल बचतकर्ता जागरण एवं स्नेह मिलन

-


     हिडन खबर    
     चैत्र २५ गते २०८१ मा प्रकाशित


बागलुङ ,विभिन्न कार्यक्रम गरी १६ औँ स्थापना दिवस मनाईरहेको सिवाईसी बचत तथा ऋण सहकारीले  सोमबार  बाल बचतकर्ता जागरण तथा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाले १६ औं स्थापना दिवस २०८१ को अवसरमा सञ्चालीत “जागौ, जगाऔं र बढाऔं” अभियान अन्तर्गत आयोजित कार्यक्रममा संस्थामा आवद्ध बाल बचतकर्ताहरूसँग जागरण तथा स्नेह मिलन गरिएको हो ।

संस्थामा आवद्ध बालबालिकालाई बचतको महत्व बुझाउने, सानैदेखि बचत गर्ने बानीको विकास गराउने, तथा सानै उमेरदेखिनै नेतृत्व क्षमताको अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सानै उमेरदेखि बचत गर्ने बानीले बालबालिकामा अनुशासन, प्रतिबद्धता र आत्मनिर्भरता जस्ता महत्वपूर्ण गुणको विकास हुने उल्लेख गर्नुभयो ।

उहाँले यस्तो अभ्यासले भविष्यमा जिम्मेवार नागरिक निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै, संस्थाले आगामी दिनमा बालमैत्री कार्यक्रमहरूलाई अझ प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सस्थाका सहसचिव सुवास आचार्यले वालवालिकामा वित्तिय ज्ञानको वारेमा जानकारी दिन सहकारीले यस्था खालका कार्यक्रम अवलम्वन गरेको बताउनु भयो ।

कार्यक्रममा सेतो गुराँस, बागलुङकी अध्यक्ष विना कार्कीले वाल मनोविज्ञान, वाल अधिकार, व्यवहारिक शिक्षाको महत्व लगाएतका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन जिसीले वाल वित्तीय साक्षरताको अवधारणामा, आर्थिक शिक्षाको भूमिकाबारे चर्चा गर्नुभयो ।

कार्यक्रमका क्रममा उपस्थित बालबालीकाहरुले आफ्ना प्रतिभाहरु, गित, कविता, न्तृयबाट प्रस्तुत गरका थिए । कार्यक्रमकै क्रममा सिवाईसी बाल क्लवको प्रारम्भीक गठन पनि गरिएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष चण्डी प्रसाद पौडेलको अध्यक्षता, सल्लाहाकार सिता शर्माको स्वागत र प्रमुख कार्यकारी अधिकृत नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।