सिवाईसीको स्थापना दिवसको अवसरमा सरसफाई र वृक्षारोपण

-


     हिडन खबर    
     चैत्र २४ गते २०८१ मा प्रकाशित


सिवाईसी साकोसको १६ औं स्थापना दिवसको अवसरमा आइतबार सरसफाई र वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ।

दिवसको अवसरमा बाग्लुङ नगरपालिका-९, सालबोटस्थित आशापूर्णेश्वर शिवालय मन्दिर र शिवपुरी फड्के डाँडामा सरसफाई र वृक्षारोपण गरिएको हो।

मन्दिर परिसरमा सरसफाई गर्दै तीन दर्जन नयाँ बिरुवा रोपिएका छन्। संस्थाले पुराना बिरुवाहरूको गोडमेल गर्नुका साथै पिपल, धुपी, कल्की जातका ४ दर्जन नयाँ बिरुवा रोपेको छ।

संस्थाले “सदस्यको खुशीको आधार, प्रविधीयुक्त सुरक्षित कारोबार” भन्ने वार्षिक नाराका साथ चैत्र १३ देखि आगामी २६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउँदै छ।

चारतारे युवा क्लब (सिवाईसी) नेपाल, सिवाईसी साकोस र आशापूर्णेश्वर शिवालय मन्दिर परिवारको सहभागितामा ६ पिपल, २६ कल्की र १० धुपी बिरुवा रोपण गरियो। साथै, १०८ पिपल बिरुवाको गोडमेल र मन्दिर परिसरमा सरसफाई कार्यक्रम पनि सञ्चालन गरिएको थियो, संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माले जानकारी दिनु भयो।