समाचार

रूकुम बाट काठमाडौ जादै गरेको बस बागलुङको निसीमा दुर्घटनामा घाइतेकाे उद्वार जारी

बागलुङ / बागलुङ जिल्ला निसीखाेला गाउँपालिका वडा ।नम्बर ६ जाउलेपानीमा रूकुमबाट काठमाडौ जादै गरेको बस दुर्घटना भएको छ । मध्यपहाडी लाेकमार्ग स्थित निसीखाेला ६ जाउलेपानीमाबागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सडक देखि अन्दाजी १५० मिटर तल खस्दा १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटना घटेको लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङकाप्रहरी निरिक्षक राजकुमार विकको कमाण्डमा १६ जनाको प्रहरी टोली खटि घटना स्थलमा पुगी घाईतेहरुको उद्धार कार्य भई रहेको सुचना अधिकारी मदन केसीले बताए ।हाल… पुरा पढौ

रूकुम बाट काठमाडौ जादै गरेको बस बागलुङको निसीमा दुर्घटनामा १६ जना घाइते

बागलुङ / बागलुङ जिल्ला निसीखाेला गाउँपालिका वडा ।नम्बर ६ जाउलेपानीमा रूकुमबाट काठमाडौ जादै गरेको बस दुर्घटना भएको छ । मध्यपहाडी लाेकमार्ग स्थित निसीखाेला ६ जाउलेपानीमाबागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सडक देखि अन्दाजी १५० मिटर तल खस्दा १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटना घाइते भएका यात्रुहरूको नाम भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ पुरा पढौ

जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड

काठमाडौँ, ५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले खाद्य संयुक्त राष्ट्रसङ्घलगायत विकास साझेदार निकायहरूलाई पनि खाद्य रूपान्तरणका कार्यक्रमलाई प्रभावकारी तुल्याउन आग्रह गर्नुभएको छ । बैठकमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन तथा संवादहरूमा जनाएका प्रतिबद्धताहरूको प्रगति समीक्षा गरिएको हो । “कार्यप्रणाली रूपान्तरणका कार्यक्रमहरू कार्यान्वयनमा लैजानुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “साथै राष्ट्रसङ्घलगायत विकास साझेदार निकायले पनि खाद्य प्रणाली रूपान्तरणका योजना तथा… पुरा पढौ

बृद्वाश्रममा रहेका आमाहरूलाइ भाेजन कार्यक्रम

काठमाडौं / ११४औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा अखिल नेपाल महिला संघको स्थापना दिवसको अवसरमा अखिल नेपाल महिला संघ नगर कमिटीको आयाेजनामा मातातिर्थ बृद्वाश्रममा आश्रय लिएर बसिरहेका आमाहरुलाइ भाेजन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जेष्ठ आमाहरुले भाेगेका संघर्षमय जिवनकाे बारेमा अन्तरक्रिया कार्यक्रम गरि जेष्ठ नागरिक आमाहरूकाेकथा ब्यथा र वेदना सुन्ने सुनाउने कार्य भएको थियो । कार्यक्रममा प्रमुख अथिति अनेम संघ जिल्ला कमिटीका उपाध्यक्ष चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठकाे उपस्थितिमा ,अनेम संघ नगर इन्चार्ज ,जिल्ला कमिटी सदस्य , वडा नं… पुरा पढौ

बागलुङमा एकजना फरार प्रतिवादी पक्राउ

बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले एकजना फरार प्रतिवादी पक्राउ गरेकाे छ । जिल्ला अदालत बागलुङले २०७९ पुस २८ गते गरेको फैसला आदेश अनुसार लागु आ‌‌ैंषध कसुर मुद्दामा ४ बर्ष १ महिना कैद सजाय ताेकिएका फरार प्रतिवादी बागलुङ जिल्ला निसीखाेला गाउँ पालिका वडा नम्बर ६ बस्ने बर्ष ३८ का टेकबहादुर घर्ती मगरलाई बुर्तिवाङ बाट खटिएको प्रहरी टाेलीले कानून बमोजिम पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले बताए । पक्राउ परेका घर्ती मगरलाई लगत कट्टाकाे लागि आइतबार जिल्ला अदालत… पुरा पढौ

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री

पोखरा(कास्की), ४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताउनुभएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाउनुभयो । “पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय… पुरा पढौ

पोखरामा व्यावसायिक उडानका लागि पहल हुन्छ : प्रधानमन्त्री

पोखरा(कास्की), ४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताउनुभएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ ।” उहाँले गण्डकी… पुरा पढौ

नेकपा एमाले बागलुङको अध्यक्षकाे लागि ४ जना आकांक्षी

बागलुङ / नेपाल कम्युनिस्ट पार्टी एमाले बागलुङको दशाैं अधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्वको लागि पुन रस्साकस्सी शुरू भएकाे छ । आउने चैत महिनाको अन्त्य तिर हुन लागेको अधिवेशन आउन एक महिना बाकी हुदै गर्दा एमालेको अध्यक्ष हुन वर्तमान अध्यक्ष हीराबहादुर केसी आफ्नो तरिकाले लागि राखेका छन् ।यस्तै एमालेमा अध्यक्ष हुन जनक राज पाैडेल पनि वातावरण मिलेकाे खण्डमा आफु पनि उमेदवार बन्न तयार रहेको बताए । यस्तै एमाले अध्यक्षकाे लागि वर्तमान सचिव बिष्णु भुसालले यसपटक अध्यक्ष हुन पालाे आफ्नो भएको हुदा… पुरा पढौ

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री

पोखरा(कास्की) ४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने बताउनुभयो । “वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,”… पुरा पढौ

प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात गरौँ : प्रधानमन्त्री

पोखरा(कास्की), ४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात गर्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको युग विज्ञ–प्रविधि र मुख्यतः सूचना प्रविधिको युग भएको बताउनुभयो । “आज दुनियाँमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ सूचना–प्रविधिको निर्णायक भूमिका नहोस्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ ।” सूचना–प्रविधिको विकास… पुरा पढौ