
लोक गायक तथा सर्जक प्रेमराज अधिकारीको नयाँ भजन ‘सयथरी व्यथा’ सार्वजनिक भएको छ ।
शिक्षाकर्मीसमेत रहेका अधिकारीले अहिले नेपालीले भोगेका पीडालाई भजन मार्फ़त् उजागर गरेका छन् । नेपालीको पीडालाई आधार बनाएर रचेको यो भजन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
निकै मीठो स्वर रहेका गायक जीवन दाहाल र कर्णप्रिय स्वरका धनी पूर्णकला बिसीको आवाजमा रहेको यो भजन दर्शक श्रोताले मन पराउनेमा प्रेमराज ढुक्क छन् । प्रेमराज अधिकारी र कमला केसीले भजनमा कोरसमा आवाज दिएका छन् ।
प्रेमराज अधिकारीको शब्द र संगीतमा यो भजन बनेको हो । दिवस थापा मगरको एरेन्ज तथा मुर्चुङ्गा डिजिटल रेकर्डिङ र बाँसुरी रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।
यस मार्मिक भजनलाई भिडियोमा पनि उत्तिकै न्याय भएको छ । कुमार केसीको निर्देशनमा रहेको यो भजन अस्मिता रणपाल, अशोक पौडेल, खेम र सुनिमाले अभिनय गरेका छन् ।
भिडियो रेशम दर्लामीले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । भिडियो पोखरा महानगरपालिका वडा नं. २३ मा रहेको ठूलाखेतको सिद्धबराह धाममा छायांकन गरिएको हो ।









