समाचार

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षदेखि लागु हुनेगरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको जानकारी दिनुभयो । राष्ट्रिय विकास परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत शैलीको निरन्तरताबाट राष्ट्रिय विकासको लक्ष्य हासिल हुन नसक्ने भएकाले पनि रचनात्मक रूपान्तरण आवश्यक परेको बताउनुभएको हो । “सोह्राँैं योजनाको दस्तावेजले नेपालको विकास प्रक्रियामा देखिएका मूलभूत सवाल तथा चुनौतीहरू स्पष्ट रूपमा पहिचान गरेको छ,” प्रधानमन्त्री प्रचण्डले… पुरा पढौ

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनुभएको छ । राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताउनुभएको हो । “पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित… पुरा पढौ

बागलुङमा बैशाख १५ गते थ्री जिरो क्लबको प्रथम सम्मेलन हुँदै

शुन्य गरिवी, शुन्य बेरोजगारी र शुन्य खुद कार्वन उत्सर्जनको लक्ष्य प्राप्ती गर्न युवा पुस्तालाई नेतृत्वदायी भूमिका प्रदान गर्ने उद्देश्यले बागलुङमा गठित थ्रि जिरो क्लवहरुको प्रथम सम्मेलन हुने भएको छ । चारतारे युवा क्लव, सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले पत्रकार सम्मेलनको आयोजना गरि बैशाख १५ गते बागलुङ बजारमा थ्री जिरो क्लबको प्रथम सम्मेलन गर्न लागेको जानकारी गराएको हो । थ्रि जिरो क्लवको अवधारण नोबल शान्ति पुरस्कार विजेता प्रोफेसर डा। मोहम्मद युनुसले ल्याउनु भएको हो ।… पुरा पढौ

नेपाली सेनामा खुल्यो २६ सय जनालाई जागिर

बागलुङ । नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ। नेपाली सेनाको श्री नं.२३ बाहिनी अड्डा, शेराडिल व्यारेक बागलुङको लागि सैन्य पदमा ७५ जनाको माग गरेको हो । गत शुक्रबार सूचना प्रकाशन गर्दै सेनाले विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी जागिर खुलाएको छ । माग गरिएको मध्ये सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोट पटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्तती तर्फ ३, खुल्ला ४०, महिला ७, आदिवासी… पुरा पढौ

प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अभिर (राजा) शेख तामिम बिल हमाद अल थानीबीच आज यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराउनुभयो । कतारमा कार्यरत नेपालीहरू नेपाल–कतारबीच रहीआएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले… पुरा पढौ

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्ने

काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । “स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।” नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री… पुरा पढौ

राष्ट्रिय ‘प्रत्यारोपण केन्द्रको लागि जग्गा र भवन आवश्यक

भक्तपुर  –सहिद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ औ वार्षिकोत्सव समारोहमा निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठले केन्द्रको जग्गा र भवनको लागि आवश्यक पहल गरि दिन सराेकारवाला सबै सँग अनुरोध गर्नु भएको छ । कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक समेत रहनुभएका डा.श्रेष्ठ वर्षौ देखि विभिन्न फोरमहरुमा केन्द्रको लागि जग्गा र भवन को लागि सबै सँग गुहार माग्दै आउनुभएको छ । पछिल्लो समय प्रधानमन्त्री कार्यालय देखि लिएर विभिन्न मन्त्री, सरकारी पदाधिकारीहरू सँग फाइल लिएर भेट्न को लागि घण्टौँ लाइनमा बसेर कुर्ने… पुरा पढौ

बडिगाडमा आगलागीबाट एक घर जलेर नष्ट: १० जनाको परिवारको बिचल्ली

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर-६ मसिन्धारामा आगलागी हुँदा एक घर गोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर-६ समिन्धारा स्थित धन बहादुर थापाको घरमा आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, पशुचौपाय सबै जलेर नष्ट हुँदा थापा परिवारको बिचल्ली भएको छ । घर तलको जंगलबाट एक्कासि लागेको आगो घरमा सल्किएर सम्पूर्ण सरसामान लगायत ३ लाख नगद, ९ वटा बाख्रा, १ थान फोन, १ वटा राँगो, ४ वटा माहुरी घार सहित घरभित्र रहेका सबै सामाग्री जलेर नष्ट हुँदा परिवारको बिचल्लि… पुरा पढौ

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, ११ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्राउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।“व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपालमा विदेशी… पुरा पढौ

विस लिष्ट होइन, व्यवहारिक परियोजना

काठमाडौँ, ११ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताउनुभयो । “निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, ⁠त्यसैले निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ ।” आजको विश्वमा ⁠विकासलाई नियन्त्रण गर्ने सोच… पुरा पढौ