
केपि कुमार जलन
कास्की जिल्ला माछापुच्छ्रे गाउपालिका ७
स्थायि घर भई २०७४ सालदेखि पाेखरालाई कर्मथलाे बनाउदै नेपाली लाेक संगितमा बामे सार्दे गरेकी लाेकप्रिय आवाजकि धनी गायिका कमला सुनारलाई नबाेदित श्रष्टा सम्मान बाट सम्मानित गरिएकाे छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति र जिल्ला कार्यसमिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरूङकाे प्रमुख आतिथ्यतामा पाेखराकाे हाेटल येलाे प्यागाेडामा सम्पन्न स्रष्टा सम्मान एवम् विविध साँस्कृतिक कार्यक्रम २०८१ अन्तर्गत नवोदित श्रष्टा सम्मानबाट गायिका सुनारलाई सम्मान गरिएकाे हाे ।
नेपाली लाेकगित दाेहाेरी गित तिजगित मार्फत नेपाली लाेकगित संगितकाे श्रिवृदिमा पुर्याउनु भएकाे अतुलनीय याेगदानकाे उच्च कदर गर्दे प्रतिष्ठान गण्डकीले सम्मान गरिएकाे कार्यवाहक अध्यक्ष माया गुरूङले जानकारी दिनु भयाे ।










