
काठमाडौं भाद्र १३
कलेजमा अध्ययन गर्ने आम बिद्यार्थीकाे शिक्षा पुस्तकमा मात्रै सिमित भएको भनी आम अभिभावकले आराेप लगाइ रहेको बेला देशको राजधानी काठमाडौं बानेश्वरकाे एस इन्टिच्युट अफ म्यानेजमेन्ट पढ्ने बिद्यार्थी पढाइलाई ब्यवस्थापनमा उतार्ने अभियान लागेका छन् ।
कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरू केही बर्ष यता मात्रै पुस्तक अध्ययन गर्नुको अलवा आफुहरूले अध्ययन गरेकाे कुरालाई ब्यवस्थापन लागू गर्न थालेका छन् ।
हाम्रो देशमा कुनै संभावना र भबिस्य छैन भन्ने नकारात्मक आवाज उठिरहेको समयमा काठमाडौं बानेश्वरमा अवस्थित
एस इन्टिच्युट अफ म्यानेजमेन्ट कलेजमा अध्ययन गर्ने नयाँ पुस्ताका बिद्यार्थीहरू भने नेपाल थुप्रै संभावना रहेको भन्दै
प्रतिभावान बिद्यार्थी लाई आकर्षित गर्न एस इन्टिच्युट अफ म्यानेजमेन्टले एसे एक्सप्रेसन्स २०२४ नेपालकाे सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट गर्न लागेको बबिस पाैडेलले बताए ।
बिद्यार्थीले पढेको कुरालाई ब्यवहारमा कसरी उतार्न सकिन्छ भन्ने कुरालाई नै जाेड दिएको मुख्य कुरा फाइनान्स ब्यवस्थापन अरू ब्यवस्थापन केकसरी गर्न सकिन्छ भन्ने कुरा बुझाउन कार्यक्रम गर्न लागेको मिडिया काेडिनेटर
आभास राजभण्डारीले बताए ।
एस इन्टिच्युट अफ म्यानेजमेन्टले काठमाडौंमा पत्रकार
सम्मेलन गरेर एसे एक्सप्रेस २०२४ ले विभिन्न प्रतियोगितात्मक र राेचक कार्यक्रम गर्ने जानकारी गराएको हाे ।
आगामी असाेज ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने कार्यक्रममा देशभरका उत्कृष्ट बिद्यार्थीहरूलाई ब्यान्ड प्रतियोगिता ,नृत्य प्रतियोगिता ,फेसन शाे ,टीभीसी /डीभीसी ,स्टक सेमुलेसन ,स्ट्रेस इन्टरम्भू ,क्रिज ञञप्रतियोगिता ,बहस प्रतियोगिता ,फाेटाेग्राफी चित्रकला समावेश गरिएको छ ।
जसमा देशभरका उत्कृष्ट बिद्यार्थीहरुलाई एकसाथ ल्याउने दश प्रमुख उप-कार्यक्रमहरु समाबेश गरिएको छ । यस उत्सवको समापन एक भब्य कन्सर्टको साथ हुने पनि आयोजकले जनाएको छ ।
जसमा नेपालका प्रसिद्ध कलाकारहरुको प्रस्तुति रहने कलेजले जानकारी दिएको छ । कार्यक्रम आयोजना गर्न ५० लाख खर्चको अनुमान गरेको छ । ५०० को टिकटमा आगन्तुकहरुले ६ वटा सो हेर्न सक्ने कलेजले जनाएको छ ।










