बागलुङ ,भदौ १३
ठूलो तामझामका साथ नेपाल कम्युनिस्ट पार्टी एमाले बाट
बिभाजित भइ बनेको माधवकुमार नेपालकाे अध्यक्षतामा गठन भएको पार्टी एकीकृत समाजवादी दिनप्रतिदिन खुच्चिदै गइरहेको छ ।
बागलुङ सदरमुकाममा एमाले र एकीकृत समाजवादी बागलुङले पार्टी समायोजन कार्यक्रम गरि एकीकृत समाजवादी सिंगो जिल्ला कमिटी एमालेमा समायोजन भएको घाेषणा गरेको छ ।
बागलुङ सदरमुकाममा आयोजीत कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लालबहादुर थापाले पार्टी टुट फुटले आम जनतामा कार्यकर्तामा निराशा छाएको एकताले पुन उत्साह छाउने हुदा एकताको बाटो राेजेकाे
पार्टीमा वाद विवाद बहस चल्नु स्वभाविक पक्ष भएको बताए ।
बाइट लालबहादुर थापा अध्यक्ष एकीकृत समाजवादी
अहिले एकीकृत समाजवादी बाट एमालेमा समायोजन भएकाहरूलाई उपयुक्त जिम्मेवारी दिन पार्टीले कार्यदल गठन गरिसकेको हुदा साेही अनुसार अगाडि बढ्ने एमाले जिल्ला अध्यक्ष हिरावहादुर केसीले बताए ।
बाइट हिरा बहादुर केसी अध्यक्ष एमाले कमिटी
एकीकृत समाजवादी जिल्ला कमिटी बागलुङ र मातहतका कमिटी एमाले जिल्ला कमिटीमा समाहित हुने ।नेकपा एकीकृत समाजवादीका विभिन्न तहमा रहेका नेतृत्वलाई बिधानकाे परिधिभित्र रहेर पूर्ववत् जिम्मेवारी पुनस्र्थापित गर्ने लिखित सहमति गरेको छ ।नयाँ जिम्मेवारी दिनुपर्ने ब्यक्तिहरूलाई पार्टीकाे स्थापित मुल्य र मापदण्ड र याेग्यताकाे आधारमा उपयुक्त यथाेचित जिम्मेवारी दिने भनेर सहमति गरेको छ ।
एमाले जिल्ला ईन्चार्ज मनकुमारी केसी ,जिल्ला अध्यक्ष हिरमबहादुर केसी ,जिल्ला सचिव गणेशबहादुर थापा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा ,जिल्ला अध्यक्ष लालबहादुर थापा ,जिल्ला सचिव भरत पुरीले ५ बुँदे लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा आेली संग बैचारिक राजनीतिक संघर्ष भएको घाेषणा गर्दै एमाले बाट बिद्रोह गरि गठन गरेको पार्टी विभाजन भएको केही बर्षमै पुनः एमाले समायोजन हुदै गइरहेको छ ।