समाचार

नेपाल शिक्षक संगठनले बागलुङ नगरपालिकामा बुझायो ध्यानाकर्षण पत्र

बागलुङ /नेपाल शिक्षक संगठनले बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल शिक्षक संगठनका अध्यक्ष गंगा शर्मा सहितको शिक्षक संगठनका टाेली बागलुङ नगरपालिकामा पुगेर अहिले भइरहेको समसामयिक बिषयमा केन्द्रीत भएर नगर प्रमुख श्रेष्ठलाई उक्त पत्र बुझाएका हुन् । बागलुङ नगरपालिकाले शिक्षा क्षेत्रमा अपारदर्शी निर्णयहरु बागलुङ नगरपालिकाले हालसालै गरेको सामुदायिक बिद्यालय मर्ज, डाउन साइज, कक्षा स्थगन, तथा शिक्षक सरुवा र करार शिक्षक नियुक्तिमा गरेको अपारदर्शी तथा गैरकानुनी निर्णय बालबालिकाले शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक हकको प्रतिकुलमा भएको… पुरा पढौ

ट्राफिक सप्ताहमा ३५ जनाले रक्तदान गरे

बागलुङ /सडक अनुशासन तथा सवारी दुर्घटना न्यनीकरण गर्नकाे लागि ट्राफिक सप्ताह २०८१ भन्ने नारा साथ शुरू भएको ट्राफिक सप्ताको छैठौं दिन बागलुङमा रक्तदान कार्यक्रम सम्पन्न भएको । जिल्ला ट्राफिक कार्यालय बागलुङले आयोजना नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्र बागलुङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालकाे प्रमुख अतिथि नेपाल रेडक्रस साेसाइटीका सभापति जगन्नाथ आचार्य जिल्ला प्रहरी कार्यालयका डिएसपी बिजय यादब काे सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा जिल्ला… पुरा पढौ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौँ, ३० वैशाख : प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउनुभएको हो । “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।” पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका… पुरा पढौ

सीप सिकेर आत्मनिर्भर बन्दै बागलुङका महिलाहरू

बागलुङ / "सीप सिकौं आत्मनिर्भर नारी बनौ" भन्ने नारा सहित आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल बागलुङद्वारा ५० जना भन्दा बढी विभिन्न बिधामा रहेका आफ्ना बिद्यार्थी हरुलाई प्रमाणपत्र वितरण तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ सदरमुकाममा एक कार्यक्रम संचालन गरि ५० जना बागलुङ का सक्रिय महिलाहरुलाइ १ हप्ते,१ महिने र ६ महिना गरि विभिन्न बिधामा बेसिक,डिप्लोमा कोर्स ट्रेनिङ गरेका महिलाहरुलाइ प्रमाणपत्र तथा बिदाइ गरेको आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल का संचालक एंव प्रशिक्षक चन्द्र छन्त्याल लामाले बताउनुभयो । कार्यक्रममा शुभकामना नेकपा… पुरा पढौ

सीप सिकेका महिला दिदीबहिनी लाई प्रमाणपत्र

बागलुङ / सीप सिकौं आत्मनिर्भर उद्यमशिल नारी बनौ ´´ नारा सहित आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल बागलुङद्वारा ५० जना भन्दा बढी विभिन्न बिधामा रहेका आफ्ना बिद्यार्थी हरुलाई प्रमाणपत्र वितरण तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ सदरमुकाममा एक कार्यक्रम संचालन गरि ५० जना बागलुङ का सक्रिय महिलाहरुलाइ १ हप्ते,१ महिने र ६ महिना गरि विभिन्न बिधामा बेसिक,डिप्लोमा कोर्स ट्रेनिङ गरेका महिलाहरुलाइ प्रमाणपत्र तथा बिदाइ गरेको आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल का संचालक एंव प्रशिक्षक चन्द्र छन्त्याल लामाले बताउनुभयो । कार्यक्रममा शुभकामना… पुरा पढौ

फिल्म ,एक्टर, काे छायांकन

काठमाडौं ।  फिल्म ‘एक्टर’को छायांकन आजबाट सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ ।फिल्मको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझी उपस्थिती थिए । उनीहरुले क्यामेरा पुजा गर्दै भगवान्सँग आर्शिवाद थापेका थिए ।राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ । नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन्… पुरा पढौ

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण

सल्यान, २८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताउनुभएको छ । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताउनुभयो । “योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यी… पुरा पढौ

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध

नवलपरासी, २८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताउनुभयो । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व… पुरा पढौ

पूर्ण बहादुरकाे सारङ्गीमा मुकुन भुसाल अनुबन्धित

काठमाडौं / पछिल्लो समय नेपाली फिल्म क्षेत्रका व्यस्त अभिनेता हुन् मुकुन भुषाल । थोरै फिल्ममा अभिनय गर्ने र छनोट गरेर मात्रै काम गर्न रुचाउने उनी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग केही दिन अघि मात्रै लिखित सम्झौता गरेको हो ।फिल्ममा मुकुनकोे भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । यता, फिल्मकालागि कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ । पहिलो फिल्म ‘बुलबुल’ बाट चर्चा… पुरा पढौ

निर्मल लामा नेपालकाे राजनीतिमा असल राजनीतिज्ञ

काठमाडौँ, २७ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताउनुभएको छ। बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो। मुख्यतः २०३३,०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन्। कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो।’’ प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले… पुरा पढौ