
काठमाडौं / राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्ववय काठमाडौंको १९ औ वार्षिक साधारण सभा काठमाडौं मेपि स्थित सेम पेलेसमा सम्पन्न भएको छ ।
अर्जुन थापाको कार्यकाल बाट संस्थाले बैधानिक दर्ता प्रक्रिया सुरु गरेको जनाएको थियो । रिता थापा मगरले संस्थालाई अझै क्रियाशिल बनाउदै अघि लानु पर्ने र समस्या भए केन्द्रमा भन्नु पर्ने बताउनु भएको थियो ।
साधारण सभामा कानुनी सल्लाहकार हिमलाल गिरि सल्लाहकार बिराज थापाले शुभकामना मन्तब्य राख्नु भएको थियो । लोक दोहोरी प्रतिष्ठान केन्द्रका पशुपति शर्मा राम्जि खाँण दीपक खड्का राधिका हमाल शिब हमाल सुजन लम्साल ,सुन्धारा समितिका चेतन गोतामेले शुभकामना मन्तब्य राख्नु भएको थियो । यसै बिच कुमार राना मगर सुबास खड्का लाई सम्मान गरिएको थियो ।
कलाकार आकष्मिक कोषको प्रतिवेदन महिला उपाध्यक्ष शर्मिला कडेल ले प्रस्तुत गर्नु भएको थियो
सभामा सहसचिव दिनेश क्षेत्रीले सांगठनिक र कोषाध्यक्ष डोलराज बारघरेले आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो ।
सभामा उपत्यका का ९ ओटा जिल्ला तहका कलाकार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।संरक्षक पृथ्वि थकालिको विशेष उपस्थिति वरिस्ठ उपाध्यक्ष रामु खड्काको स्वागत मन्तब्य र सहसचिव दिनेश क्षेत्री र राजेश बर्देवाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।









